क्याप अध्यक्ष राईद्वारा सोनाम ल्होछारको शुभकामना

IMG-20260119-WA0118

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमका अध्यक्ष गणेश कुमार राईले राज्यका सम्पूर्ण जनतासहित छिमेकी दार्जिलिङ पहाड तथा विश्वभर बसोबास गरिरहेका तामाङ समुदायलाई पवित्र पर्व सोनाम ल्होछारको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आज जारी शुभकामना सन्देशमा अध्यक्ष राईले सोनाम ल्होछारलाई तामाङ समुदायको पवित्र नयाँ वर्षका रूपमा उल्लेख गर्दै यस पर्वले नवीकरण, सहनशीलता र प्रकृतिसँगको सामञ्जस्यको गहिरो सन्देश बोकेको बताएका छन्। “आस्था, परम्परा र सामुदायिक भावनासँग जोडिएको यो शुभ पर्वले हामीलाई शान्ति, उत्तम स्वास्थ्य, समृद्धि तथा सामूहिक कल्याणको कामना गर्न प्रेरित गर्दछ,” सन्देशमा भनिएको छ।
उनले पुर्खाप्रतिको सम्मान गर्दै भावी पुस्ताका लागि समृद्ध सांस्कृतिक धरोहर संरक्षण गर्न सोनाम ल्होछारले सबैलाई आग्रह गर्ने उल्लेख गरेका छन्। नयाँ वर्षको स्वागतसँगै सामाजिक सद्भाव, सांस्कृतिक गौरव र आपसी करुणाप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
शुभकामना सन्देशको अन्त्यमा सीएपी अध्यक्ष राईले सोनाम ल्होछारले मर्यादा, साहस र आशाका साथ सबैलाई एकजुट बनाउँदै न्याय, समावेशिता र साझा समृद्धिमा आधारित भविष्य निर्माणतर्फ प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।

About Author

Advertisement