लक्ष्यको हारसँगै भारतको चुनौती समाप्त

IMG-20260116-WA0045

नयाँ दिल्ली: भारतका लक्ष्य सेनले क्वार्टर फाइनलमा चाइनीज ताइपेका लिन चुन यी विरुद्ध ३ गेमको म्याचमा हारको सामना गर्नु पऱ्यो। यसको साथै इण्डिया ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा भारतको चुनौती पनि समाप्त भयो। पुरुष एकल वर्गको म्याचमा लक्ष्यलाई विश्वका १२औं नम्बरका खेलाड़ी चुन यी-ले २१-१७, १३-२१, १८-२१-ले पराजित गरे। म्याच चरम रोमाञ्चक रह्यो। लक्ष्यले पहिलो गेम जितेर प्रतिद्वन्द्वीमाथि दबाउ सृष्टि गरे। भारतीय शट्लरले त्यस फर्मलाई कायम चाहिँ राख्न सकेनन् अनि चाइनीज ताइपेका खेलाड़ीले दोस्रो गेम सजिलै जितेर म्याचमा बराबरी हासिल गरे। तेस्रो तथा निर्णायक गेममा दुई खेलाड़ीबीच रोचक प्रतिस्पर्धा भयो। अन्तमा चुन यी-ले २१-१८-ले निर्णायक गेमको साथ म्याच जितेर सेमिफाइनलमा स्थान बनाए।

About Author

Advertisement