सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा लीजेण्ड्स फूटबल क्लबले सजिलैसँग क्वार्टर फाइनल मा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा शुक्रवार भएको तेस्रो प्री-क्वार्टर फाइनल म्याचमा लीजेण्ड्स फूटबल क्लबले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जोसेफले ह्याट्रिक गरे। उनले नवौं, ४४औं र ५९औं मिनटमा गोल गरे। अन्य एउटा गोल बिष्णु बारदोलाले २८औं मिनटमा गरे। यसरी यूकेएफसीको तर्फबाट रुस्तम प्रधानले ८२औं मिनटमा गोल गरे। विजेता टीमका फरवर्ड जोसेफलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने चौथो प्री-क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र डीएसएम पत्थरघट्टाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











