खरसाङ: अखिल भारतीय नेवार सङ्गठन रोहिणी शाखाको स्थापना दिवस साथै शाखा कमिटी गठन कार्यक्रम खरसाङको रोहिणीस्थित लोवर चिसोपानी सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रम भाजु रोशन प्रधानको अध्यक्षता र खरसाङ आञ्चलिक कमिटीको अध्यक्ष प्रकाश प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। भाजु गजेन प्रधान अनि मयाजु मिना प्रधानद्वारा सञ्चालन गरिएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भाजु सुबास प्रधान, भाजु दिपक प्रधान, भाजु राजेन प्रधान, मयजु पुनम प्रधान एवं खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका सदस्यहरू उपस्थित रहेका थिए।

उक्त कार्यक्रममा नेवारी नृत्यहरू प्रदर्शन गरियो भने रोहिणी नेवार परिवारजनका नानीहरू जसले उच्च शिक्षा हाँसिल गर्न सफल युवाहरूलाई सम्मान गरियो यसको साथै अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सचिव भाजु सुबास प्रधानद्वारा सङ्गठन विषय लिएर एवं जनजाति हुनु किन आवश्यक छ भन्ने विषयमा प्रकाश पारेका थिए।

उनले नेवारी भोजनको प्रबन्ध गरेका थिए साथै अन्त्यमा प्रमुख अतिथि भाजु प्रकाश प्रधानले सम्बोधन गरी कार्यक्रमको अध्यक्षद्धारा धन्यवाद ज्ञापन गरिएको थियो।








