१८ जनवरीदेखि शुरु हुने खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट

IMG-20260114-WA0112

खरसाङ: प्रतिष्ठित खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट आगामी १८ जनवरीदेखि शुरु हुने भएको छ।‌ खरसाङ महकुमा खेलकूद संघको आयोजना र जीटीएको युवा एवं खेलकूद मामिला विभागको सहयोगमा उक्त प्रतिष्ठित खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट खरसाङको चानमारी आर्मी खेल मैदानमा आगामी १८ जनवरीदेखि शुरु हुने भएको छ। यस खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टलाई लिएर खरसाङ महकुमा खेलकूद संघले सबै तयारी पूरा गरिसकेको छ। यसपाली शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तेह्रौँ संस्करण हो। यसपाली जम्मा १२ वटा स्थानीय र राष्ट्रिय स्तरको प्रतिष्ठित फुटबल टिमहरुले भाग लिईरहेका छन्।‌ यसपाली हुने तेह्रौँ संस्करणको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा १२ वटा टिमहरुमा युकेएफसी, युनाईटेड दार्जिलिङ, ईस्ट बेंगाल रायगञ्ज, आर्मी रेड बेंगलुरु, एके गान्तोक, लिजेन्ट एफए, सेकेन्ड इलेभेन जीआर, जर्ज सेकेन्ड कालेबुङ, केएफसी, तरुनजाबारी एफसी, सिलगढी युनाइटेड एफसी, नर्थ बेंगाल आम्स पुलिस आदि रहेका छन्।‌ यस फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा दुई लाख रुपियाँको‌ नगदराशि र उप विजेतालाई आकर्षक ट्रफिको साथमा एक लाख रुपियाँ प्रदान गरिने भएको छ भनी खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले जानकारी गराएका छन्।

About Author

Advertisement