गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राज्यपाल ओम प्रकाश माथुरसँग जोरेथाङस्थित उप–विभागीय प्रशासनिक केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्रको डायलाइसिस युनिट तथा बहुउद्देश्यीय इनडोर जिम्नेजियम हलसहितका महत्वपूर्ण सार्वजनिक पूर्वाधार परियोजनाहरूको उद्घाटन समारोहमा सहभागी बनेर गौरव महशुस गरे भने यो सौभाग्यको विषय हो भने।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले यी पहलहरूले प्रशासनिक दक्षता सुदृढ गर्न, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न तथा खेलकुद र समग्र स्वास्थ्य प्रवर्द्धन गर्न महत्वपूर्ण कदमका रूपमा काम गर्नेछ भने साथै यसले समावेशी विकास र जनसेवा प्रवाह सुधारप्रति सिक्किम सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने मन्तव्य व्यक्त गरे।









