पर्यटकहरु पनि पहाडबाट नयाँ साललाई स्वागत गर्न तयार
दार्जिलिङ: २०२५ सालको अन्तिम दिन पहाडमा घुम्न आएका पर्यटकहरू र स्थानीयहरूले नयाँ वर्षलाई उत्साहका साथ स्वागत गर्न तयारी गरिरहेका देखिएको छ। नयाँ वर्षलाई स्वागत गर्न तथा २०२५ साललाई बिदाइ दिनलाई दार्जिलिङ पहाडको मौसम पनि मनोरम र आकर्षकीय बनेको छ। पहाडको मनोरम दृश्यहरू पनि देखिएको छ जुन पर्यटकजरुले हेरेर मग्धमुग्न भएका छन्। यसको साथै पहाडको दृश्यहरुको आनन्द लिन धेरै पर्यटकहरू दार्जिलिङ पहाडको पर्यटकीय स्थल बतासिया लूपमा भ्रमण गरिरहेको देखियो। वर्षको अन्तिम दिन दार्जिलिङ हिमालयन रेलवे “टोय ट्रेन” पनि पर्यटकहरूले भरिभराउ भएर दौडिरहेको देखिएको छ।
अर्कोतर्फ, चाडपर्वको मौसममा दार्जिलिङको चौरस्तामा सुन्तला महोत्सव चलिरहेको छ र स्थानीयहरूसँगै पर्यटकहरूले त्यहाँको खाना र संगीतको आनन्द लिइरहेको देखिन्छ।
कोलकाताकी एकजना पर्यटक प्रियंका भन्छिन्, “म हरेक वर्ष दार्जिलिङमा वर्षको अन्तिम समय बिताउन रुचाउँछु। कञ्चनजङ्घा यति सुन्दर प्रतिक हो। यसले हामीलाई सूर्यास्तसँगै पुरानो वर्ष बितिसकेको र चुचुराहरूमा सूर्योदयसँगै नयाँ ठूलो वर्ष आउँदै गरेको महसुस गराउँछ। हामी दार्जिलिङ र यसको वातावरणलाई माया गर्छौं र यो हाम्रो हृदयको धेरै नजिक छ। मौसम धेरै राम्रो छ र हामी पहाड देख्न सक्छौं। यो घर जस्तो लाग्छ।”

“मौसम धेरै सुन्दर छ। म दार्जिलिङ धेरै पटक आएको छु तर यो पहिलो पटक हो जब मैले कञ्चनजङ्घा देखेको छु। मैले अन्तिम पटक भ्रमण गर्दा दृश्य स्पष्ट थिएन। आज राति हाम्रो कुनै विशेष योजना छैन तर कार्यक्रम चलिरहेको मलमा रमाइलो गर्नेछौं” हावडाका अर्का पर्यटक राजीव घोषले भने, जो आफ्नी पत्नी प्रियंकासँग यहाँ छन्।










