क्षेत्रीय सरकार तथा प्रशासनको कारणले गर्दा चालकहरूको समस्या जटिल बन्दै जाँदैछ: अजय एडवर्ड्स
दार्जीलिङ: क्षेत्रीय सरकार साथै प्रशासनको उदासीनताको कारणले दार्जीलिङको पयर्टन अर्थतन्त्रमा दिन प्रतिदिन गम्भीर प्रभाव पर्दै गईरहेको इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय संयोजक तथा निर्वाचित सभासद अजय एडवाडर्सले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य सचिवलाई लेखेको पत्रमा उल्लेख गरेका छन्। दार्जीलिङ पहाडको वर्तमान स्थिति र गाडी चालकहरूले भोग्नु परिरहेको विभिन्न समस्याहरूमाथि ध्यानाकर्षण गर्दै आईजीजेएफ संयोजक तथा निर्वाचित सभासद अजय एडवाडर्सले जीटीएको मुख्य सचिवलाई आज पत्रचार गरेको छ। पत्रको प्रतिलिपि जिल्लापाल, पुलिस अधीक्षक, जीटीएको पयर्टन विभागीय अधिकारी, जीटीए चिफ समक्ष पठाएका छन्।सभासद एडवाडर्सले आफ्नो पत्रमा जीटीए तथा प्रशासनको उदासिनताको कारणले गर्दा दार्जीलिङको पयर्टन अर्थतन्त्रमा दिन प्रतिदिन प्रभाव पर्दै आईरहेको छ, जसले गर्दा पर्यटन उद्योगमाथि निर्भर रहेका स्थानीय स्वरोजगार युवाहरूमा गम्भीर प्रभाव पर्दै गईरहेको बताएका छन्। दार्जीलिङको प्रसिद्व पयर्टन स्थल टाइगर हिलको प्रवेशमा जीटीए तथा प्रशासनले टोकन साथै शुल्क जारीको छ।सञ्चालनमा आईरहेको म्यानुअल टाइगर हिल टोकन प्रणालीदेखि स्थानीय गाडी चालकहरूलाई बाहिर राख्ने साथै बाहिरबाट आउने गाडीहरूलाई टाइगर हिलको प्रवेशमा रोक लगाउने सभासद एडवाडर्सले आफ्नो पत्रमा मांग गरेका छन्। दार्जीलिङको कतिपय पयर्टन स्थलहरूको बाटो असुविधा रहेको हुनाले बाहिरबाट आएका गाडी चालकहरूलाई यी विषयहरूमा उचित ज्ञान नभएको हुनाले दुर्घटना, ट्राफिक जाम आदि जस्ता समस्याहरू उत्पन्न हुने गरेको पत्रमा उलेख गरेका छन्।टाइगर हिल दार्जीलिङको प्रसिद्व पयर्टन स्थलहरूमध्ये एउटा हो।विभागले प्रत्येक पयर्टकहरूबाट २० रूपियाँ प्रवेश शुल्क लिने गर्छ तर विगत १० वर्षदेखि निर्माणाधीनमा रहेको ग्यालरी आजसम्म पूरा हुन सकेको छैन।जसले गर्दा पयर्टकहरूले जोखिम उठाउँदै टाइगर हिलबाट सुर्योदयको दृश्य हेर्न बाध्य छन्।टाइगर हिलमा सर सफाईको व्यवस्था छैन,जता तताई फोहोरहरूको थुप्रो देखिन्छ। यसबारे जीटीए तथा प्रशासनले उचित कदम उठाउन जरूरी छ साथै प्रवेश शुल्क उठाउने कार्य बन्द गरिनु पर्छ भन्ने मांग सभासद एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेका छन्।दार्जीलिङको सडक अति नै सानो र साँघुरो रहेको हुनाले त्यसै पनि ट्राफिक जाम आदि जस्ता समस्याहरू हुने गर्छन् त्यहीमाथि राज्य सरकारले एनवीएसटीसीको बस सेवा संचालन गरेर दार्जीलिङको ट्राफिक समस्यालाई अझ जटिल बनाएको छ। त्यसकारण सरकारले यस ठूलो बस सेवा कार्यलाई बन्द गरेर मिनी बस सेवा शुरू गरी दिने पत्रमा अनुरोध गरेका छन्। जीटीएले रोजगार योजनाहरू सृजना गर्न नसक्दा स्थानीय शिक्षित युवाहरू स्वरोजगार तथा आत्मा निर्भर बन्न यातायात क्षेत्रमा प्रवेश गरेका छन्। तर उनीहरूमाथि पनि दुब्यर्वहार,बहिष्कार आदि जस्ता अपमान झेल्न परी रहेको छ।सामाजिक रूपमा पनि यो अन्याय पूर्ण हो,यस बारे अविलम्ब हस्तक्षेपको गर्नु पर्ने मांग सभासद अजय एडवाडर्सले आफ्नो पत्रमा गरेका छन्।











