दार्जिलिङमा क्रामाकपाको स्थापना दिवस समारोह सम्पन्न

IMG-20251214-WA0120

क्रामाकपाको जन्म नै बङ्गाल सरकारको हामी माझमा हेर्ने व्यवहार र बहुजातीय थिचोमिचोको कारण हामीले जातीय उन्मुक्तिको निमित्त खोलेको हो: आरबी राई

दार्जिलिङ: क्रामाकपा पार्टी दार्जिलिङ आञ्चलिक कमिटीको तत्वधानमा क्रामाकपाको स्थापना दिवस क्रामाकपा पार्टी कार्यालय रतनलाल ब्राह्मण स्मृति भवन दार्जिलिङमा सम्पन्न भएको छ। कार्यक्रमलाई अघि बढाउँदै सर्वप्रथममा क्रामाकपा परामर्श कमिटीका चेयरम्यान कमरेड आरबी राई लगायत केन्द्रीय कमिटीका वरिष्ठ कमरेडहरुबाट शहीद वेदीमा पुष्प अर्पण साथै मौन धारण गरियो।
स्थापना दिवस कार्यक्रमलाई परामर्श कमिटीका चेयरम्यान कम आर बी राईद्वारा केक काटेर यो कार्यक्रम शुरु गरियो।सभालाई कमरेड उद्धव खनाल साथै कमरेड कृष्णवीर राईद्वारा सञ्चालन गरियो। कार्यक्रमलाई क्रामाकपा युवा मोर्चा अध्यक्ष सुसन लामा साथै वरिष्ठ कमरेड फुर्वा छिरिङ डुक्पाद्वारा अभिनन्दन भाषण गरियो साथै केन्द्रीय सचिवा कमरेड सन्जिला घिसिङले एउटा प्रगतिवादी कविता पठन उद्धेलित गर्दै आफ्नो सम्भाषण राखेका थिए।
परामर्श कमिटीका वरिष्ठ नेता कमरेड आरपी पाख्रिनद्वारा वक्तव्य राख्दै भने, संसारको विद्वंश विधांशधात्मक विचार भएका मानिसहरूप्रति चिन्तनीय विचार राखे। यसमा अमेरिकाको पुञ्जीवाद र साम्राज्यवादको उल्लेखित गर्दै विकल्पमा मार्क्सवादी सिद्धान्तको उल्लेख गरे यदी यो संसारलाई बचाएर राख्ने हो।
उनले रातो झण्डाले मात्रै हुनसक्ने अनुभव पोखे। उनले २९ वा स्थापना दिवसलाई अझ बलियो भएर अघि बढ्ने आग्रह गरे। संगठन प्रमुख कमरौड शेखर छेत्रीले वक्तव्यको क्रममा सम्पूर्ण उपस्थित कमरेडहरूलाई रक्तिम अभिनन्दन टक्राउँदै क्रामाकपाको जन्म नै हाम्रो जातीय स्वाभिमान र संरक्षणको निम्ति १९९६ सालमा भएपछि आज २९ वर्षसम्म हिँडिरहेको बताए। आगामी दिनमा विधानसभाको निमित्त पार्टीको दिशा निर्देशको निमित्त तयार रहने आह्वान् गरे। सभाको क्रममा क्रामाकपा कार्यकारी अध्यक्ष कमरौड बीएम राईले आफ्नो सम्भाषण गर्दै भने, घाम पानी सबै सहेर आजसम्म यो पार्टीलाई साथ दिने कमरेडहरूलाई अभिनन्दन दिँदै जातीय र आत्मनिर्णयको लडाई अघि लगिरहेको छौं।


उनले यो दल लागिपरेको बताए। राजनीतिक परिपेक्षमा केन्द्र सरकारको हाम्रो जातिमाथि उदासीन व्यवहारप्रति असन्तुष्ट भएको कुरा राखे। क्रामाकपा पार्टीलाई यसरी नै अनदेखा गरे आगामी विधानसभामा कुन निर्णय गर्नुपर्ने सोच्नुपर्ने छ भन्ने कुरा राखे। कार्यक्रमलाई आफ्नो महत्त्वपूर्ण सम्बोधन राख्दै क्रामाकपा परामर्श कमिटीका चेयरम्यान कमरेड आरबी राईले भने , क्रामाकपाको जन्म नै बङ्गाल सरकारको हामी माझमा हेर्ने व्यवहार र बहुजातीय थिचोमिचोको कारण हामीले जातीय उन्मुक्तिको निमित्त अर्को कम्युनिस्ट पार्टी सुरु गरेको हो। हाम्रो भूमि हाम्रो बाजे बोजुहरुले जङ्गल फाडेर सजाएको ठाउँ हो। हामीलाई अहिले आएर बसेका भन्दा मान्दैनौं। बिजेपीसितको सम्बन्ध यदि हाम्रो माग पूरा भएन भने तोड्न पनि पछि हट्दैनौँ।’
अन्त्यमा दार्जिलिङ आञ्चलिक कमिटीका सभापति कृष्णवीर राईले सभालाई बर्खास्त गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement