अप्पर मामरिङ प्राथमिक पाठशालामा बिदाइ समारोह सम्पन्न

IMG-20251212-WA0111

खरसाङ: खरसाङ महकुमा अन्तर्गत अप्पर मामरिङ प्राथमिक पाठशाला तथा समाज सुधार समितिको संयुक्त आयोजनामा बिदाइ समारोह सम्पन्न गरिएको छ। कार्यक्रममा पाठशालामा समर्पणपूर्वक सेवा प्रदान गर्दै आएकी शिक्षिका समिता राईलाई सम्मानपूर्वक बिदाइ गरियो। कार्यक्रममा विद्यालय परिवार, अभिभावक, स्थानीय बुद्धिजीवी, समाज सुधार समितिका पदाधिकारी हिमालय पेन्टिकोस्टल चर्चका पास्टर महेन्द्र मुखिया तथा विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो। यस बिदाई समारोहका अध्यक्षता स्कूल सञ्चालन समितिको सभापति ताराकुमार भुजेलले गरेका थिए भने यस समारोहमा स्वागत मन्तव्य पाठशालाका प्रधानाध्यापक सुरज मुखियाले राखेका थिए। समारोहमा वक्ताहरूले शिक्षिका‌ समिता राईको अनुकरणीय सेवा, अनुशासन, शिक्षाप्रति समर्पण तथा विद्यार्थीमैत्री व्यवहारको प्रशंसा गर्दै उनको नि:स्वार्थ योगदानले विद्यालयलाई उल्लेखनीय प्रगति गर्न सहयोग पुगेको जनाएका थिए। समारोहलाई अप्पर मामरिङ प्राथमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक डीके छेत्री, पास्टर महेन्द्र मुखिया, समाज सुधार समितिका सचिव पेम्बा शेर्पा, चालक सङ्गठनबाट बसन्त राईले सम्बोधन गरेका थिए। यस अवसरमा विद्यालय र समितिले संयुक्त रूपमा सम्मानपत्र तथा मायाको चिनोसहित उनलाई सफल भावी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए। शिक्षिका समिता राईको जीवनी शिक्षिका सलिमा राईले राखिन् भने कार्यक्रम सञ्चालन शिक्षिका पासाङ लकीले गरेका थिए। समारोहमा पाठशालाका विद्यार्थीहरूले प्रस्तुत गरेको गीत, नृत्य तथा साँस्कृतिक कार्यक्रमले अझ आकर्षक बनाएको थियो।समारोहमा शिक्षिका तृष्णा मुखियाले धन्यवाद ज्ञापन गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement