तीनधारेको ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूलमा वार्षिक पारितोषिक वितरण साथै सम्मान कार्यक्रम सम्पन्न

IMG-20251212-WA0109

खरसाङ: तीनधारेको एक निजी स्कूल ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूलमा वार्षिक पारितोषिक वितरण साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ। स्कूलका प्राचार्य रबि सुब्बाले स्वागत सम्भाषण राखेपछि थालिएको कार्यक्रममा स्कूलका प्रबन्धक प्रह्लाद रसाइली, स्कूल सञ्चालन समितिको सभापति रञ्जनकुमार रसाइली, शिक्षिका प्रभारी कविता मुखिया आदिको बाहुलीबाट वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने स्कूलको नर्सरीदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरुलाई पारितोषिक वितरण गरिएको छ‌। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षाविद् एंव स्कूल सञ्चालन समितिको पूर्व प्रमुख सल्लाहकार हरिप्रसाद छेत्रीकी पत्नी धनमाया छेत्री उपस्थित रहेकी थिइन्।

यही कार्यक्रममा तीनधारेको गोलाई पाखा निवासी दिपेन राईकी सुपुत्री तुलसा राईलाई वुसु (मार्शल आर्ट) मा भारतको विभिन्न स्थानहरुमा गएर उत्कृष्ट प्रदर्शन गरेर पुरस्कारहरु र मेडलहरु प्राप्त गरी तीनधारेको नाम उच्च पारेकोमा प्रशंसा पत्र र मेडल प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित धनमाया छेत्रीको बाहुलीबाट चौथो श्रेणीका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको छ। कार्यक्रममा ब्लु डाईमण्ड अंग्रेजी स्कूलको प्राचार्य रबि‌ सुब्बाले सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement