खरसाङ: मदन पुरस्कार २०२५ द्वारा पुरस्कृत लेखक छुदेन काबिमोलाई शुक्रबार एक कार्यक्रमबीच सविता गोम्देन साहित्य कक्षले सम्मान जनाएको छ। कवि मोहन ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कवि विचन्द्रले शल ओढाएर लेखक काबिमोलाई स्वागत जनाएका थिए भने कवि मोहन ठकुरीले स्मृति चिन्ह प्रदान गरेका थिए।

हेमन्त काँफ्लेले प्रशस्ति पत्र प्रदान गरेर लेखक काबिमोलाई सम्मान जनाएका थिए। यसै अवसरमा कविहरूले आफ्ना कविता पनि पाठ गरेका थिए।
लेखक काबिमोले कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए।










