आशारिका फाउण्डेशनद्वारा अग्नि पिढीत परिवारलाई आर्थिक सहयोग प्रदान

IMG-20251210-WA0137

सोनादा: आशारिका फाउन्डेसनले सोनादाको अप्पर पचेङ नन्द गाउँ निवासी हर्कबहादुर गुरुङलाई १० हजार रुपियाँ सहयोग गरेको छ। उनको घर गत ७ दिसम्बरको राति जलेर खरानी भएको थियो र उनले लगाएको लुगाबाहेक अरू केही पनि निकाल्न असमर्थ रहेका थिए। उनको यो दु:खको समयमा आशारिका फाउन्डेसन उनीहरूप्रति आफ्नो समर्थन र ऐक्यबद्धता देखाउन चाहान्छ। यो शोकग्रस्त परिवारलाई उनीहरूको कठिन समयमा मद्दत गर्न हामीलाई प्रयोग गर्नुभएकोमा भगवानलाई सभापति रितिव्क तामाङले धन्यवाद दिएका थिए भनी रुपेश क्षेत्रीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement