सभासद श्याम शेर्पाद्वारा मजुवा क्षेत्रकाे युवाहरुलाई क्रिकेटको जर्सी प्रदान

IMG-20251210-WA0139

खरसाङ: खरसाङ चिमनी देवराली समष्टिको मजुवा क्षेत्रकाे युवाहरुलाई सभासद श्याम शेर्पाद्वारा क्रिकेटको जर्सी प्रदान गरिएको छ। मजुवा क्षेत्रकाे युवाहरुलाई खेलकूदमा प्रोत्साहन दिनु सभासद श्याम शेर्पाले गुणस्तरकाे क्रिकेटको जर्सी प्रदान गरेको मजुवाकाे युवा सदस्य समीर राईले जानकारी गराएका छन्। यसभन्दा अघि पनि युवाहरुलाई प्रोत्साहन हेतु क्रिकेटको सामानहरु प्रदान गरिएको थियो साथै फुटबलको जर्सी र फुटबल पनि प्रदान गरिएकोमा सबै युवाहरूको तर्फबाट समीर राईले सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेक छन्। यस विषयमा सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार वर्तमानमा कतिपय युवाहरु नशालु पदार्थकाे कुलतमा फसेर आफ्नो जीवन बर्बाद गरिरहेको छ भने यसकाे असर परिवार र गाउँ घर समाजलाई पनि परिरहेको छ। उनले भने, नाला बाटो, झोडाकाे समस्यामा मात्र होईन तर हामीले समाजमा युवाहरु कुन दिशामा लाग्दैछ यो पनि याद गर्नुपर्छ।


युवाहरुलाई खेलकूदमा प्रोत्साहन दिनु हामीले विगतमा समष्टिकाे प्राय: क्षेत्रमा नगरपालिका क्षेत्रमा पञ्चायत क्षेत्रमा हामीले फुटबलको जर्सी फुटबल साथै अन्य खेलकूदकाे समान वितरण गरेको थियौं।भविष्यमा पनि युवाहरुलाई सही बाटोमा हिँडाउनु सक्ने प्रयास गर्ने छौं भने नशालु पर्दाथबाट जोगाउनु सचेतनामूलक कार्यक्रमहरु पुलिस विभागलाई साथमा लिएर आयोजना गर्नेछौँ।

About Author

Advertisement