कथाकार भविलाल लामिछानेको कथा सङ्ग्रह अर्धासत्य लोकार्पित

IMG-20220927-WA0157.jpg

खरसाङ: सालबारीको समाज सेवा भवनमा आयोजित एक कार्यक्रमबिच वरिष्ठ कथाकार भविलाल लामिछानको कथा सङ्ग्रह अर्धासत्य लोकार्पित भएको छ। समारोहलाई विशिष्ट साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए भने मुख्य अतिथिका रूपमा उपस्थित थिए नेपाली भाषा साहित्यका विद्वान व्यक्तित्व उत्तर बंगाल विश्वविद्यालयका प्राध्यापक डा. धनश्याम नेपाल। बुक आण्टका स्वामी कवि सुरज रोसुरीद्वारा सुन्दर सञ्चालन गरिएको कार्यक्रमको आरम्भमा कृति प्रकाशककी धर्मपत्नी मायादेवी सुनारद्वारा सरस्वती वन्दना प्रस्तुत गरियो। समारोहमा वरिष्ठ कवि-कथाकार मोहन ठकुरीले कृतिकारको परिचय राखे। उनले भने, कथाकार भविलाल लामिछानेले यो सङ्ग्रहमा सुन्दर कथाहरू दिएका छन्। कथाहरू लामा छन् तर जब पढ़न थालिन्छ नसिध्याइ छोड़्नै सकिँदैन। कृतिमाथि आलोचनात्मक टिप्पणी वरिष्ठ कवि-कथाकार-अध्येता ज्ञानेन्द्र खतिवड़ाले राखेका थिए। उनले भने, कथाकार भविलाल लानिछानेको एकपछि अर्का उम्दा कथाहरू समेटिएको कथा सङ्ग्रह अर्धासत्य आज नेपाली साहित्यका पाठकले पाएका छन्। यी कथाहरू विश्व साहित्यकै उम्दा कथाहरूसित कुम दजाउन सक्षम छन्। उनको आख्यान लेखनको शिल्प हेरेर म त दङ्गदास छु। त्यसपछि समारोह अध्यक्ष साहित्यकार नरबहादुर दाहाल, मुख्य अतिथि डा. घनश्याम नेपाल, कृतिकार भविलाल लामिछाने, कृतिका प्रकाशक लीलबहादुर सुनार अनि बुक आण्टका स्वामी कवि राजा पुनियाको बाहुलीबाट कृति लोकार्पण गरियो। लोकार्पण भएको घोषणा समारोह अध्यक्षले गरे। यस अवसरमा कृतिका प्रकाशक रम्भास कवि लीलबहादुर सुनारले पनि आफ्ना कुराहरू राखे। उनले भने, भविलाल लामिछाने महोदयका केही कथाहरू पढ़ेपछि यति सुन्दर कथाहरू पुस्तकको रूपमा निस्कनु पर्ने हो भन्ने लागेर लेखकसित सल्लाह गरी यो आँट कसेको हुँ। उनले बताए यो कृति प्रकाशित गर्न पाएर आफैंलाई गर्वबोध भइरहेको छ। मुख्य अतिथि विद्वान व्यक्तित्व प्रा. डा. घनश्याम नेपालले आख्यान साहित्यमाथि गहन कुराहरू राखे। उनले कथा विधाको महत्तामाथि प्रकाश पारिरहेका थिए। उनले भने, कथा विधा अति महत्त्वपूर्ण छ तर कथा नै हेला छ। उनले भने, उपन्यास कथामाथि आश्रित छ तर कथा उपन्यासमाथि आश्रित छैन। उनले कथाकार लामिछानेका उम्दा कथाहरूलाई विख्यात कथाकारका कथाहरूसित दाँजिरहेका थिए। उनले भने, कथाकार लामिछानेका कथाहरू पठनीय छन्।

समारोहको थप आकर्षण थियो कवि राजा पुनियानीको लेखकसित सम्वाद। कवि पुनियानीले राखेका प्रश्नहरूको उत्तरमा कृतिकारले कथामाथि आफ्नो धारणा र विचारहरू राख्दै आफूले कथाहरू लेख्न थालेदेखि यो कृति प्रकाशनसम्म आइपुग्दाका कुराहरू गरिरहेका थिए। समारोहका अघ्यक्ष विशिष्ट साहित्यकार नरबहादुर दाहालले यस अवसरमा पुस्तक विमोचन सन्दर्भका कुराहरू राखिरहेका थिए। नेपालमा गरिने पुस्तक विमोचन कार्यक्रमहरूबारे उनले आफ्नो अनुभव र विचारहरू राखिरहेका थिए। उनी भनिरहेका थिए, कति राम्रा कुराहरू हामीले नेपालबाट सिक्नुपर्छ अनि कति कुराहरू नेपालले हामीबाट सिक्नुपर्छ। अध्यक्षले बताए सालबारी साहित्यको उर्वर स्थल छ। उनले भने मैले पनि कालेबुङबाट माहौल खोज्दै सालबारी आइपुगेको थिएँ अनि कवि भविलाल लामिछानेले पनि आसामबाट सालबारी आएर माहौल पाएकाले साहित्यमा धेरै राम्रा कामहरू गरिरहेका छन्। कार्यक्रम सञ्चालक कवि सूरज रोसरीद्वारा धन्यवाद ज्ञापनसितै समारोह समाप्त भयो। आजको यो पुस्तक लोकार्पण कार्यक्रममा विशिष्ट साहित्यकारहरूको रमाइलो उपस्थिति रहेको थियो जसमा साहित्यकार लोकनाथ उपाध्याय चापागाइँ, डी.एस.बमजन, प्रा. कृष्णराज घतानी, प्रा. नरेशचन्द्र खाती, राजेन मोक्तान, डा. सुकराज दियाली, मुक्ति उपाध्याय बराल, कालूसिंह रनपहेंली, जीतबहादुर सुनार, खड़गराज गिरी, मणिकुमार प्रधान, प्रकाशमणि प्रधान, अशोक रोका, शैलेन्द्र समदर्शी, सुवास छेत्री, डा. रत्नप्रकाश गुरूङ, टीकाराम थापा, दिनेश अधिकारी, पूर्ण मंगर, ठाकुर प्रसाद भट्टराई, आर बी. राई, कृतिकारकी धर्मपत्नी श्रीमती हिमकला लामिछाने, गङ्गाधर शर्मा, भावना राई, प्रिया राई आदिको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *