पहाडको पर्यटनलाई बचाउनु हो भने पहाड कहिले पनि बन्द हुनु हुँदैन। कुनै पनि समस्याको समाधान बन्द डाकेर होइन डायलगमार्फत् नै निकाल्नु पर्छ:अनित थापा

IMG-20220927-WA0162.jpg

मिरिक: विश्व पर्यटन दिवसको अवसरमा रोयल होमस्टे, मिरिक बस्तीमा आयोजित एउटा कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले भाग लिएका थिए। यस अवसरमा उनले भने, “होमस्टे पहाडको निम्ति एउटा ठूलो इन्डस्ट्रि हो।यो इन्डस्ट्रिले व्यापारमा मात्र होइन हाम्रो व्यवहारमा पनि सुधार ल्याउनेछ।”
विश्व पर्यटन दिवस पालन गर्ने क्रममा जीटीएका पर्यटन विभागले स्थानीय संघ संस्थासंग संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको छ। संयुक्त राष्ट्र विश्व व्यापार संगठन (UNWTO) ले २०२२ को विश्व पर्यटन दिवसको मुख्य थीम “Rethinking Tourism” राखेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, “होमस्टेले पहाडको आर्थिक स्थितिमा परिवर्तन ल्याउनु मदद गरेको छ। पर्यटकहरू आकर्षित भएका छन् होमस्टेमा बस्न।”
पहाडमा होमस्टेको डिमान्ड धेरै छ भन्दै उनले भने, “पहाडको ठूलो समस्या बेकारी समस्या हो। होमस्टे पहाडको निम्ति एउटा इन्डस्ट्रि नै हो। यो इन्डस्ट्रिले पहाडको बेकारी समस्या पनि समाधान गर्नु सकिन्छ।”
उनले पर्यटनलाई फस्टाउन पहाड कहिले पनि बन्द हुनु हुँदैन भन्दै भने, “पहाडको पर्यटनलाई बचाउनु हो भने पहाड कहिले पनि बन्द हुनु हुँदैन। कुनै पनि समस्याको समाधान बन्द डाकेर होइन डायलगमार्फत् नै निकाल्नु पर्छ।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *