खरसाङको लङ्भ्यु चियाबारीको श्रमिकहरूले रहल रकम र बोनस नपाएपछि प्रबन्धक कार्यालय घेराऊ गर्दै धरणा प्रदर्शन

खरसाङ: खरसाङको लंगभ्यू चियाबारीमा त्यहाँका श्रमिकहरूलाई मालिकपक्षबाट तिनीहरूले पाउनु पर्ने गत वर्षहरूको रहल रकम अनि यस वर्षको पूजा बोनस भुक्तान नगरेको प्रतिवादमा आज पनि यहाँ झमेला सृजना भयो। आज श्रमिकहरू बिहानैदेखि आफ्नो काममा नगएर प्रबन्धक कार्यालयअघि आएर धरना दिएका थिए अनि प्रबन्धकहरूलाई कार्यालयदेखि बाहिर निस्कन दिएनन्। यस अवधि प्रबन्धकहरूलाई श्रमिकहरूले तिनीहरूको रहल रकम सहित यस वर्षको बोनस अतिशीघ्र दिनुपर्छ भनी मांग गरे। आक्रोशित श्रमिकहरूको भीड़ले प्रबन्धक कार्यालयमा केहीबेर तनावको स्थिति भएको थियो।

यता मुख्य प्रबन्धक अनि सहायक प्रबन्धकहरूले बगान मालिकलाई स्थितिको जानकारी गराउँदै श्रमिकहरूको मांग विषय बारम्बार फोन सम्पर्क गरिरहेको भए तापनि मालिकपक्षबाट कुनै सकारात्मक उत्तर नआएपछि श्रमिक तथा जोइन फोरमका प्रतिनिधिहरू अझ आक्रोशित बनेका थिए। बिहान आठ बजीदेखि शुरू भएको यो क्रम प्राय: एकबजीसम्म चलेको थियो। अन्तमा जोइन्ट फोरमका प्रतिनिधि अनि प्रबन्धकमाझ एउटा साझा सहमति भएपछि बुधवार दिउँसो बाह्र बजीसम्मको समयसीमा दिएर धरना उठाइयो भने बुधवार बाह्र बजीसम्म उनीहरूको बकाय राशि अनि यस वर्षको बोनस नदिए भोलिदेखि नै काम रोको अन्दोलन गर्ने तथा अझ वृहत आन्दोलन गर्ने चेताउनी दिइयो। यसबारे बगानका मुख्य प्रबन्धक राकेश चौरसियाले जानकारी दिए अनि यता जोइन्ट फोरमको पक्षबाट हमिङ तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement