फूलपाती समारोह समिति र ट्राफिक ओसीमाझ सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा आगामी 2 अक्टोबरको दिन भईरहेको फूलपाती समारोहको लागि ट्राफिक व्यवस्थाको लागि खरसाङको ट्राफिक ओसी दोर्जे शेर्पा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको टोलीको संयुक्त सभा सम्पन्न भएको छ। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट खरसाङ महकुमा समितिको सचिव एंव मनोनित सभासद प्रमाण रसाईली, फूलपाती समारोह समितिको संयोजक पेमेन्द्र गुरुङ, गुञ्जन शर्मा, सञ्जय प्रधान, प्रचार प्रसार सचिव दिपेन्द्र सेवा उपस्थित रहेका थिए।

उक्त सभामा आगामी २ अक्टोबरको दिन हुने फूलपाती समारोहको दिन ट्राफिक व्यवस्थाको लागि ट्राफिक ओसी र आयोजक समितिमाझ कुराकानी भएको छ। सभापछि यय विषयमा फूलपाती समारोह समितिको संयोजक पेमेन्द्र गुरुङले जानकारी गराएका छन्।

About Author

Advertisement