पूर्वमन्त्रीको आदेशमा नियुक्ति भएको सुविरेश भट्टाचार्यको बयान

कोलकाता: पूर्वमन्त्रीको आदेशमा मात्र नियुक्तिहरू गरिने साथै यसका लागि उनका निकटकाबाट आदेश आएको सुवरेश भट्टाचार्यको भनाइ छ। सीबीआईको हिरासतमा अधिकारीहरूसामु उनले यस्तो दाबी गरेका छन्l यससम्बन्धमा आफूलाई नभएर पूर्वमन्त्रीलाई नै सोधपुछ गर्नुपर्ने बताएका छन्। उनले जे भनेका थिए आफूले गरेको उनको भनाइ छ। यसको विपरित पार्थ चटर्जीले सीबीआई हिरासतमा भनेका थिए कि फाइलहरू आफ्नो कार्यालयबाट आउँथ्यो। उनले सबै फाइलमा हस्ताक्षर मात्र गर्थे, अधिकारीहरूलाई विश्वास गरेको बताएका छन्। यससँगै पार्थ चटर्जीले एसएससीका प्रभारी अधिकारीहरूले भर्तीमा भ्रष्टाचार गरेको आरोप लगाए। उत्तर बङ्गाल विश्वविद्यालयका कुलपति तथा विद्यालय सेवा आयोगका पूर्वअध्यक्ष सुविरेश भट्टाचार्यको यो दावीपछि सीबीआईको टोलीले पार्थ चटर्जीलाई फेरि सोधपुछ गर्न सक्नेछ। सीबीआईको सोधपुछका क्रममा सुविरेश भट्टाचार्यले मन्त्रीको नजिकका व्यक्तिले नियुक्तिको आदेश दिने गरेको दाबी गरेका छन्। स्रोतका अनुसार सीबीआईले एसएससीको बारेमा थप महत्त्वपूर्ण जानकारी प्राप्त गर्न धेरै मानिसहरूसँग सोधपुछ गर्न चाहन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement