बंगालको यातायात मन्त्री स्नेहाशिष चक्रवर्तीसित जीटीए सभासदहरूको औपचारिक भेटघाट

दार्जिलिङ: बंगालको यातायात मन्त्री स्नेहाशिष चक्रवर्ती दार्जिलिङ आएको समय जीटीएका सभासदहरूले औपचारिक भेटघाट गरेका छन्। राज्यको यातायात मन्त्रीसित भेट् गर्ने टोलीमा जीटीएको भाइस चेयरम्यान राजेस चौहान लगायात यातायात विभागको कार्यकारी सभासद उदय देवान, एमओडी नुरी शेर्पा, एसएन प्रधान आदिले भेट गरेका छन्। उक्त भेट केवल औपचारिक भेट मात्रै रहेको बताइए पनि जीटीएको यातायात विभाग विषयमा मन्त्रीसित कुराकानी भएको जानकारी प्राप्त भएको छ। यातायात मन्त्रीसित भेटघाटपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको भाइस चेयरम्यान राजेस चौहानले मन्त्रीसित यो केवल औपचारिक भेटघाट मात्रै रहेको बताएका छन्। यद्यपि भेटघाटको क्रममा यातायात विभाग सन् २१२ को एक्ट अनि २०११ को एग्रिमेन्ट अनुसार जीटीए हुँदा हस्तान्तरण भईसकेको विभाग हो र यसको लागि विभागले पहल गरेर हस्तान्तरण गर्नु पर्ने र जीटीएले पनि प्रस्ताव पारित गरिसकेको जानकारी गराइएको बताएका छन्। उनले भने अनुसार मन्त्रीले विभागीय हस्तान्तरणको मांग सुनेपछि यो राम्रो कुरा हो र यसको लागि दशैंपछि कोलकोता आएर विभागीय अधिकारीरूसित बैठक गर्नलाई बोलाइएको छ। मन्त्रीसित पहाड़को ट्राफिक व्यवस्था विषयमा पनि चर्चा परिचर्चा गरिएको पनि जीटीए भाइस चेयरम्यान राजेस चौहानले पत्रकारहरूलाई जानकारी गराएका छन्।

About Author

Advertisement