रेड पाण्डालाई बचाउन यसकारण आवश्यक छ…

ए त्यो कुसुण्डा? त्यो त कस्तो लजाउने जन्तु हो हैं? घले-  तागाथाङका एक गाउँलेलाई रेड पाण्डाबारे थाहा छ कि छैन भनेर सोद्धा बताउँछन्। भर्खरै गठन भएको कालेबुङ जिल्लाको तागाथाङ अनि घले नामक गाउँहरूमा हामी रेड पाण्डा संरक्षणको निम्ति त्यहाँको गाउँवासीहरूसित भेटगाट गर्न गएका थियौं। यी साना साना गाउँहरु रेड पाण्डा वासस्थानको एकदमै नजिक हुनाले गर्दा हाम्रो कार्यको मुख्य फोकस यहाँ नै भयो। गाउँलेहरूले हामीलाई पहिलो त जाँच गरिन्, यी केटाकेटीहरू कताबाट आएको हो, किन आएको हो भन्दै पूरा प्रश्न गर्न थाल्यो। धेरै प्रश्नको उत्तर पछि वहाँहरूले बुझिन् कि हामी उहीं डाँड़ा पारी दार्जीलिङबाट आएको हौँ। गाउँमा आएका नचिनेका मान्छेहरू रेड पाण्डा संरक्षणमाथि काम गर्दोरहेछन् भनेर बुझे पछि हामीलाई आ-आफ्ना घरतिर बोलाईवरी चिया अनि मिठो पोलेको मकै दिँदै हामीसित गफ गर्न थाले।

डब्ल्युडब्ल्युएफ इण्डिया एउटा संरक्षण संस्था हो अनि भारतमा काम गरेको ५० वर्ष भइसकेको छ। हाम्रो संस्था जङ्गली जनवार संरक्षण, समुदाय र जीविकोपार्जन अनि धेरै विषयमा काम गरेकोले गर्दा भारत वर्षभरी नाम चिन्हारी छ। यहाँ सिक्किम अनि दार्जीलिङ र कालेबुङ जिल्लामा पनि रेड पाण्डा अनि हिम चितुवाजस्तो जन्तुहरूको लागि काम गर्ने गर्छौ साथसाथै अरू काम जस्तै हिउमन वाइल्ड लाईफ कणफ्लीक्ट रिफरेसटेसन अनि एजुकेशनमा पनि निकै संलग्न छौं। घले- तागाथाङका गाउँलेहरूसँग रेड पाण्डाको विशषमा निकै वार्तालाभ भयो रेड पाण्डालाई उनीहरूले कुसुण्डा भन्दोरहेछ। अरू जग्गाचाहिँ पुडे कुदो, हाब्रे, हुबदुङ्ग भनेर चिनिने जन्तुको यहाँ नाम भिन्न रहेछ। यो गाउँको एकदमै नजीकमा न्यौरा भ्यालीभन्ने एउटा नेशनल पार्क छ। न्यौरा म्यालीचाहिँ कालेबुङ जिल्लाको एक मात्र संरक्षण क्षेत्र हो। यो पार्क रचेला ट्रेकको लागि एकदमै प्रसिद्ध छ। यस पार्कमा थरी-थरीको जीवजन्तु जस्तो हाम्रो प्यारो कुसुण्डा, टाकिन, बाघ अनि साथसाथै धेरै किसिमको वनस्पतीहरू जसमा औषधि विरुवाहरू पनि निकैनै छ। तागाथाङबाट हेर्दा खेरि न्यौरा भ्याली नेशनल पार्क चाहिँ अर्को डाँड़ा मात्र हो। उनीहरूको लागि रचेला पिक जानु केही होइन। तीन चार घण्टा हिँडेर उनीहरू माथि पुगेर भुटान र सिक्किको क्यारिज्म्याटिक दृश्य हेर्न एक दिनमा नै भ्याउँछ हामी घले तागाथाङ गएर रेड पाण्डाको बारेमा निकै खोजबिन गर्यौं। गाउँका बूढापाखाहरूदेखि लिएर ससाना नानीहरूसित गफ गर्यौं। उनीहरूले यो प्राणी त पहिलो जङ्गल घाँस काट्न जाँदा अनि गाई-गोरु चराउन जाँदा निकै ताल जम्का भेट भाको कुरा बताएँ। तर त्यो प्राणी नै रेड पाण्डा हो भनेर ज्ञान थिएन रहेछ कतिले रेड पाण्डालाई मालीसाप्रा भनेर मन नपराउँदो रहेछ। धेरै जसो गाउँलेहरूले रेड पाण्डालाई मालीसाप्रासँग तुलना गर्दो रहेछ। यी मालीसाप्रा गाउँबाट कुखुराको शिकारका लागी परिचित छन्। त्यसैले कुखुराको शिकार गर्ने रेड पाण्डानै हो भन्ने गाउँलेहरूको धारणा छ तर यो प्राणी कुखुरा खानु त टाड़ै जाओस्, गाउँ-घर आउँने पनि आँट गर्दैन। यिनीहरू साकाहारी हुन्। जङ्गलमा पाउने बाँस, बाँसको टुसा, ठेकी फल, जङ्गली किवी अनि कपासेको पातहरू मात्र रुचाउँद रहेछ। भर्खरै गरिएको रिसर्चमा रेड पाण्डाले खाने एक्काइस वटा वनस्पतीको प्रजातिहरू फेला पारेका छौं। रेड पाण्डा एकदमै लजालु हुनाले गर्दा यो बेसी मानिसहरूको नजिकमा आउने गर्दैनन्। यो जन्तु प्रायः रूखमा नै आफ्नो जीवन बिताउने गर्छन्। अनि कहिले काही खानु र पानी पिउनु मात्र झर्दछ। गाउँका बूढापाखाहरूले पहिलेतिर गाई-गोरु चराउँदा यो रेड पाण्डा त जताततै निस्केको देखिएको कुरा पनि सुनाए। ‘ए! त्यो माया लाग्दो जानवर! हामी गाई चराउन जाँदा त्यसले हामीलाई रूखबाट हेरीबस्थ्यो। अनि कहिलेकहिं त हाम्रो गाई भेड़ा चराउने कुकुरहरूले पनि त्यसलाई खेद्ने गर्थ्योl’ एउटा बुढो बाजेले यो कुरा भन्दा त हाम्रो हिमालमा पाउने एउटा प्राणी, बिरालो जस्तो देख्ने हाम्रो सिक्किम दार्जीलिङ अनि कालेबुङ भेगमा पाइन्छ। त्यो प्राणीको नाम रेड पाण्डा हो।

रेडपाण्डालाई पुडे कुदो, हाबरे अनि पुनिया पनि भनिन्छ नेपालीमा। अनि अस्ति भर्खरै एउटा गाउँमा यिनीहरूलाई कुसुन्डा पनि भन्ने गर्छ भनेर पत्तो लाग्यो रेडपाण्डा चाहिँ बिरालोजस्तै नै तर रातो रौँ भएको हुन्छ, त्यही प्राणीहरूको लिंगमा भिन्नता हुने गर्दैन। त्यो प्राणीहरूको रौँ वाडमा रातो अनि भुडीमा कालो हुन्छ रेडपाण्डाहरूको अनुहारले उनीहरूलाई राम्ररी चिन्ने गर्छ। रातो रौँले नै ढाकेको हुन्छ अनुहार तर आँखाको छेउदेखि लिएर बाहिरको मुखसम्म एउटा सेता धर्का हुनेगर्छ।

उनीहरूको पुच्छर अति प्यारो हुन्छ आफ्नो जीवभन्दा अलिकति सानो रातो हुले नै तर बीचमा सेता रौँले काटेको हुन्छ। यो खुबै मोटो पुच्छरले उनीहरूलाई ठण्डा महिनामा सहायता गर्नेगर्छ जब उनीहरू डल्लो परेर हिउँदो बिताउँछन्। भारतमा रेड पाण्डामात्र हिमालमा पाइन्छ, यसमा पनि यी प्राणीहरू १८०० मी०-४००० मी.मा चाहिँ सीमित हुन्छ। रेड पाण्डाहरू नेपालदेखि लिएर भारत, भुटान, म्यानमर, अनि दक्षिण चीनमा पाइन्छ। रेड पाण्डाहरू हिमालाय अनि हेडडोवन पहाडमा मात्र पाइन्छ। भारतमा सिक्किम, दार्जीलिङ कालेबुङ, अरुणाचल प्रदेशमा पाइन्छl  यिनीहरूको संख्या अरुणाचल प्रदेशमा निकै नै पाउने अटकल काटेका छन् वैज्ञानीकहरूले। रेडपाण्डा चाहिँ आइलुरिडे सन्तानमा वैज्ञानिकहरूले राखेको छ यो एकदम खास कुरा हो कारण आइलुरिंडे सन्तानभित्रको जिनस पाउने गर्दैन त्यसअर्थ रेड पाण्डा साह्रो नै कम संख्या भएको जानवर हो।

रेडपाण्डा प्राणी दुइ प्रकारको छ। यो हालैको एउटा अध्ययनले चिनिएको छ। चीनको रेड पाण्डा त हिमालको रेड पाण्डाभन्दा अलग हुँदोरहेछ। यो भिन्नताको कारण सियान नदी रहेछ। यो नदीले गर्दा रेड पाण्डाहरू हिमाल अनि हेडज्वान पहाडहरूमै सीमित भएकोले यिनीहरूको बीचमा आउ जाउ नभएर चाहिँ यिनीहरू दुइ थरीको हुने भयो। रेडपाण्डाहरू साह्रै नै लजाउने प्राणी हो यिनीहरू रूखको हाँगामा मात्र पाइन्छ। कहिले काहीँ यिनीहरू रूखबाट झरेर पानी पिउने

गर्छ। यिनीहरूको मुख्य आहार परेड अनि मालिङगोको पता हो। रेड पाण्डाहरू खास हो किनभने यिनीहरूले मासु खानु पर्नेमा यिनीहरूले परे अनि मालियो खाने गर्छ। यिनीहरूले यी बाहेक अरू वनस्पती पनि रुचाउने गर्छ जस्तो टेसा अनि ठेकी फलहरू अति नै मन पराउने

गर्छ जङ्गलमा त्यस्तै ठाउँहरूतिर मात्र पाइन्छ जहाँ ठूलो वृद्ध रूखहरू हुन्छ अनि त्यसको ठिकै छेउमा परेङको गाँछ अनि छेउमै सानो पानीको झराना हुन्छ। रेड पाण्डालाई इनडिकेटर इसपित्स पनि भनिने गर्छ कारण यिनीहरूले जङ्गलको स्वास्थ्य बताउने गर्छ। यिनीहरू

मासिएको जङ्गलहरू र पानी नभएको जग्गाहरूमा बस्दैनl यिनीहरू साह्रो लजाउने भएको कारणले यिनीहरू मान्छेको गाउँदेखि टाडो अनि गाई गोठदेखि पनि टाडो बस्ने गर्छ। रेड पाण्डाहरू जङ्गलमा देख्नुनै साह्रो हुन्छ रुखको टुप्पोमा शान्त भएर बस्ने गर्दा त मान्छेले यिनीहरूलाई जङ्गलमा देख्नु साह्रो पर्छ तर यिनीहरूले नदेख पनि यिनीहरू त्यो जङ्गलमा पाइन्छ भनेर चाहिँ दीशाले चाल पाउँछ। हरियो लाम्चो दाना यिनीहरूले रूखको हाँगामा छोडिराखेको हुन्छ। यो दशाले यिनीहरू ति जङ्गलमा छ भनि अनि यिनीहरूले के खान्छ भनेर चाल पाउने गर्छ। रेडपाण्डाहरूले सानो रेड पाण्डाहरुलाई १.५ सालमा जन्माउने गर्छ। यिनीहरूले प्रायः दुइजना नानीहरूलाई एक सालमा जन्माउने र हुर्काउने गर्छ। रेड पाण्डाहरूको मेटिङ जनवरीदेखि अप्रेलसम्म हुने गर्छ। यिनीहरूले नानी जन्माउने चाहिँ मईदेखि सेप्टेम्बरसम्म गर्नेगर्छ।

तर रेड पाण्डाहरू हिमालय हेखडवाडको मेगबाट दुर्लब हुँदै जाँदैछ। रेखा पाण्डाहरू अहिले एनडेन्ट प्राणी भएकोले यो आईसीएन रेड लिस्टमा पर्ने गर्छ। आइप्युन्सी एन अन्तर्राष्ट्रिय सरक्षण संस्था हो। भारतमा पनि रेड पाण्डालाई एनडेर्जट वाइल्ड लाइफ प्रोटेशन एक्टको सेडियल १. १९७२ मा सामेल गरेको छ। यो एक्टभित्र रेडपाण्डालाई जानी मुरुबाई सजायको प्रबन्ध छ। रेड पाण्डाको संख्या किन घट्दै जाँदैछ भन्ने मुख्य कारण उनीहरूको जङ्गल मासिन्दै गइरहेको छ। यसका कारणहरू टुरिजम, सडकहरू बनाउँदा, मैला थुर्पादा, जङ्गलबाट दाउरा काटनाले पनि जङ्गलहरू मासिन्दै गएको बुझ्छौं र यिनीहरू बस्ने ठाउँ बिग्रिन्दै गएको छ।

रेडपाण्डालाई मात्र नभएर अरू पशु पक्षीहरूलाई पनि कुकुहरूसँग डर छ यी जङ्गली प्राणीहरूलाई मार्ने क्षमता पनि राख्ने गर्छ। रेडपाण्डाको अन्तराष्ट्रिय माग छ यिनीहरूलाई पाल्तु जन्तुको रूपमा पनि राखिने गर्छ तर यी पशुहरूलाई घरमा पाल्नु हुँदैन कसैले पालेको खण्डमा वाइल्ड लाइफ प्रोक्टरन एक्ट १९७२ को हिसाबले दण्ड दिनेछ। डब्ल्युडब्ल्युएफ इण्डियाले रेड पाण्डाको संरक्षणको निम्ति यिनीहरूलाई फल्यागसीप इस्पीस्स मनी घोषित गरेको छ। डब्लुडब्लुएफ इण्डिया अरू संस्था अनि गाउँको मानिसहरूसंग मिलेर रेड पाण्डा बस्ने जङ्गल अनि रेड पाण्डाहरूलाई नै बचाउने प्रयास गरिरहेको छ। रेड पाण्डाको संख्या निकै घटेर गएको छl जङ्गली कुकुरको शिकार हुनु पनि यसको मुख्य कारण हो। रेड पाण्डा जस्तो असहाय जन्तुको शिकार गर्न यी जङ्गली कुकुरहरू अति सिपालु हुन्छ रे!

कति गाई-गोरु चराउने मान्छेसित बातगर्दा उनीहरूले भन्छन् कि रेड पाण्डा त मान्छेको आडमा बस्छन् भनेर। जब जङ्गलमा मान्छेहरूले गोठ राखेको थियो झार जङ्गल अलि कम थियो अनि रेड पाण्डा पनि त्यो खुल्ला जग्गामा हुन्थ्यो अ ! अहिले चाहिँ रेड पाण्डाको घर घनघोर जङ्गल भएकोले गर्दा यी प्राणीहरू हराउँदै गरेको भनाई पनि मैले सुने। यही भन्दै अहिले एसबीआई फाउण्डेसनसित प्रोजेक्टमा हामी रेड पाण्डाको संरक्षणको निम्ति धेरै काम गर्दैछौं।

तागाथाङ जस्तो जग्गातिर गएर हामी सुधारेको चुल्हा, रेसपन्सीबल टुरिजम, फोर व्यवस्थानमा काम गरिरहेका छौं, रेड पाण्डा बचाउनका निम्ति सुधारेको चुल्हा त्यस मध्ये एउटा हो। यो सुधारेको चुल्हा चाहिँ हाम्रो पारम्परिक गाउँघरमा देखिने चुलो जस्तो नै हो। तर यो चुल्हाले दाउराको सेवन कम गर्छ अनि चिम्नी भएकोले गर्दा भान्सा घरको धुँवा बाहिर निस्कन्छ। गाउँ घरमा पाइने सामानद्वारा नै यस्तो चुल्हा बनाउनसक्छ अनि यो चुल्हाको धेरै फाइदा छ सादा चुल्हामाथि डब्ल्युडब्ल्युएफ इण्डियाले सिक्किम दार्जीलिङमा १५० चुल्हा निर्माण गरिसकेको छ। चुलो बनाउनको निम्ति मास्टर ट्रेनर्सलाई पनि प्रशिक्षण प्रदान गर्दैछौं। अहिले हामीसँग १० जना मास्टर ट्रेनर्सहरू छन्। हालैमा हामीले तागाथाङ गाउँमा रेसपन्सीबल टुरिजम को दुइ वटा ट्रेनिङ्ग गरिसकेको छौं। तागाथाडमा भर्खरै पर्यटन शुरू भएको छ, एक दुइवटा होम स्टेहरूले पर्यटकहरू पनि राखिसकेछ। यी होमस्टेसित मिलेर हामी रेसपन्सीबल टुरिजममा काम गर्दैछौं।

फोर नभएको कतै छैन। हिँड्ने बाटो, नालीको त के कुरा गर्नु हाम्रो जीव जन्तु बस्ने जङ्गलमा समेत फोर मैला फेला पारिरहेका छौं। रेड पाण्डाको लागि काम गर्ने दुइ माइले जङ्गल तर्फ जाँदा बोकिनसकनुको फोर (मैला) फेला पारे। यो फोर कहाँबाट आएको हो अनि कस्तो किसिमको फोर रहेछ भनेर हामीले गाउँमा सानो सर्भे पनि गरयौं। यस सर्भेको परिणाम लिएर हामी गाउँका बासीहरूसित पञ्चायत अनि स्वच्छ भारत मिसनसँग मिलेर यसको सामाधान निकाल्ने कोशिस गर्नेछौं। हामी गाउँमा मानिसहरूसित बसेर कतिपय अवेरनेश प्रोगामहरू गर्ने गर्छौं। यस अवेरनेश प्रोगामबाट हामीले गाउँका बुढापाकादेखि लिएर सानो नानीहरूलाई रेड पाण्डा के हो अनि यसलाई बचाउन किन हाम्रो कर्त्तव्य बुझाउने गर्छौं। ***

फोटो: सालिनी थापा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement