भारतीय क्रिकेट टीममा बद्लाउः हार्दिकलाई विश्राम, हूडा बाहिर

२७ सेप्टेम्बरः दक्षिण अफ्रिका विरुद्ध २८ सेप्टेम्बरदेखि शुरु भइरहेको घरेलु टी२० सीरीज अघि भारतीय टीममा केही बद्लाउ गरिएको छ। स्टार अलराउण्डर हार्दिक पाण्ड्यालाई विश्राम दिइएको छ जबकि मध्यक्रमका ब्याटर दीपक हूडा चोटले थला परेका छन्। हार्दिकको स्थानमा बंगालका स्पिन अलराउण्डर शाहबाज अहमदलाई अनि दीपकको स्थानमा ब्याटर श्रेयस अय्यरलाई भारतीय टीममा सामेल गरिएको छ। यसरी नै अहिलेसम्म कोरोना पोजिटिभ रहेको हुनाले पेस बलर मोहम्मद शमी पनि सीरीजबाट बाहिर भएका छन्। अलराउण्डर हूडाको ढाड़मा चोट रहेको छ। बीसीसीआई-का एकजना शीर्ष अधिकारीले भने, शमी अहिलेसम्म कोविड-१९ संक्रमणबाट मुक्त भएका छैनन् अनि उनलाई सम्पूर्ण रूपले ठीक हुन अझ केही समय लाग्नेछ। यसैकारण उनी दक्षिण अफ्रिका विरुद्ध सीरीजबाट बाहिर भएका छन्। उमेश यादव यस सीरीजमा पनि शमीको स्थानमा टीममा कायम रहनेछन्।
हार्दिकको स्थानमा शाहबाजलाई किन मौका दिइयो भन्ने प्रश्नको जवाफमा अधिकारीले भने, अहिले हार्दिकको स्थान लिन सक्ने कुनै फास्ट बलिंग अलराउण्डर छैनन्। राज बावा अहिले धेरै युवा छन्। यसैकारण हामीले उनलाई एक्सपोजरको निम्ति इण्डिया ए टीममा राखेका छौं। उनलाई तयार हुन अझ केही समय लाग्नेछ। अष्ट्रेलियालाई २-१-ले सीरीजमा पराजित गरेपछि भारतले अब टी२० विश्व कप अघि आफ्नो तयारीहरूलाई अन्तिम रूप दिन दक्षिण अफ्रिका विरुद्ध तीनवटा म्याचको टी२० सीरीज खेल्नेछ। सीरीजको पहिलो म्याच त्रिवेन्द्रम (२८ सेप्टेम्बर), दोस्रो म्याच गुवाहटी (१ अक्टोबर) र तेस्रो म्याच इन्दौर (३ अक्टोबर)-मा खेलिनेछ। टी२० सीरीजपछि त्यति नै म्याचको वनडे सीरीज खेलिनेछ। वनडे सीरीजको पहिलो म्याच राँची (६ अक्टोबर), दोस्रो म्याच लखनऊ (९ अक्टोबर) अनि तेस्रो म्याच दिल्ली (११ अक्टोबर)-मा खेलिनेछ।
भारतीय टीमः
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, श्रेयस अय्यर, रिषभ पन्त (विकेटकीपर), दिनेश कार्तिक (विकेटकीपर), आर अश्विन, युजवेन्द्र चहल, शाहबाज अहमद, अक्षर पटेल, अर्शदीप सिंह, मोहम्मद शमी, हर्षल पटेल, दीपक चाहर, जसप्रीत बुमराह।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement