कराँते च्याम्पियनशीपमा खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लब दोस्रो स्थानमा

खरसाङ: खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबका नानीहरूले मंग्पुमा भएको टपबहादुर मेमोरियल ओपेन कराँते च्याम्पियनशीपमा दोस्रो स्थान ओगट्न सफल भएका छन्। राईजिङ सन स्पोर्टिङ क्लबका नानीहरूले सेन्सी अमीत छेत्रीको अगुवाईमा मंग्पुमा भएको खेलमा भाग लिएका थिए। उक्त टपबहादुर मेमोरियल ओपेन कराँते च्याम्पियनशीपमा राईजिङ सन स्पोर्टिङ कराँते क्लबका नानीहरू साजन राई र रिपजर लेप्चा बेस्ट फाइटरको उपाधि पाउन सफल भएका छन्। त्यसरी नै यस क्लबका नानीहरू क्रमैले साजन राईले तीनवटा गोल्ड मेडल, अनामिका राईले दुईवटा गोल्ड र एउटा सिल्भर, रिपजर लेप्चाले एक गोल्ड र एक सिल्भर, आर्यन गिरीले दुईवटा गोल्ड, शुभ थामीले १ गोल्ड र एक काँस्य पदक, याङ्छेन शेर्पाले दुईवटा काँस्य पदक, आराध्या राईले दुईवटा काँस्य पदकहरू जित्न सफल भएको छ। त्यसरी नै राईजिङ सन स्पोर्टिङ कराँते क्लबको साजन राई र रिपजर लेप्चाले बेस्ट फाइटरको उपाधि जित्न सफल भएका छन् भने प्रथमपल्ट राईजिङ सन स्पोर्टिङ कराँते क्लबले दोस्रो स्थान ओगट्न सफल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement