पहलवानहरूका याचिका खारेज गऱ्यो दिल्ली हाईकोर्टले

IMG-20251202-WA0096

नयाँ दिल्ली: दिल्ली हाईकोर्टले सुनाएको आदेशले बजरंग पूनिया, साक्षी मलिक, विनेश फोगाट र सत्यवर्त कादियान जस्ता शीर्ष पहलवानहरूलाई ठूलो झट्‌का लागेको छ। भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई) को चुनाउलाई चुनौती दिने यी पहलवानहरूका याचिकालाई दिल्ली हाईकोर्टले खारेज गरेको छ। यी सबै पहलवान धेरैपल्ट कोर्ट समक्ष पेश भएनन्। यसैकारण हाईकोर्टले उनीहरूका याचिकालाई खारेज गऱ्यो। डब्ल्यूएफआई-को चुनाउमा अनीता श्योराणलाई पराजित गरी सञ्जय सिंहले अध्यक्ष पद हासिल गरेका थिए। अनीतालाई यी शीर्ष पहलवानहरूका समर्थन हासिल थियो। न्यायमूर्ति मिनी पुष्कर्णाले २७ नोभेम्बरमा मामिलाको सुनुवाई गर्दा कुनै पनि याचिकाकर्तालाई कोर्टमा उपस्थित पाएनन्। सुनुवाईको प्रक्रिया अघि बढ्दा पहलवानहरू गत दुईवटा सुनुवाईमा पनि सामेल नरहेको थाहा लाग्यो। यसैकारण कोर्टले यस मामिलालाई अघि बढ़ाउन याचिकाकर्ताहरूमा कुनै रूची नरहेको आदेश सुनायो। देशका शीर्ष पहलवानहरूले डब्ल्यूएफआई चुनाउ असल अनि पारदर्शी माहोलमा नभएको आरोप लगाएका थिए। यसपाली याचिका खारेज हुँदा राष्ट्रिय महासंघलाई पनि ठूलो राहत हासिल भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement