सिङताममा महिला तस्कर पक्राउ

pakrau-1715341503

सिङताम: सिङताम पुलिसले रोशनी छेत्री नामकी एक महिलालाई भारी मात्रामा प्रतिबन्धित लागुऔषधको साथमा पक्राउ गरेको छ। ३१ वर्षीया रोशनी मूलरूपमा कालेबुङकी हुन् भने हाल डॉंड़ागाउँ, सिङताममा बस्दै आएकी छिन्।
पुलिसका अनुसार, राष्ट्रिय राजमार्ग १० अन्तर्गत भानु पार्क क्षेत्रमा सोमवार संदिग्ध गतिविधि देखिएको भन्ने विश्वसनीय सूचनाको आधारमा महिला प्रहरी दलले रोक्न खोज्दा उनलाई झोलासहित पक्राउ गरिएको हो। सोधपुछको क्रममा महिलाको पहिचान रोशनी छेत्रीको रूपमा भएको पुष्टि भएको छ।
साडा, २००६ का प्रावधान अन्तर्गत गरिएको अनुसन्धानमा नौंवटा पारदर्शी पोलेथिन क्यारी ब्यागमा १,२९६ वटा स्पास्मो–स्पास्मो क्याप्सुल र ११ वटा कालो पोलेथिन क्यारी ब्यागमा १,५८४ क्याप्सुल बरामद भएको छ। बरामद लागुऔषध राब्दाङका एसडीएम र दुई स्वतन्त्र साक्षीको उपस्थितिमा जफत गरिएको छ।
सिङताम पुलिसले रोशनी छेत्री विरुद्ध साडा, २००६ र साडा (संशोधन), २०१७ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement