फोहोरमैला व्यवस्थापनबारे सिपाहीधुरामा सचेतनासँगै प्रशिक्षण शिविर सम्पन्न   

 टीआरआई समाचार

खरसाङ: बढ्दो जनसंख्यासँगै विकासक्रम जति अघि बढिरहेको छ उति नै बढी दिन प्रतिदिन फोहोरमैला पनि बढ्दै गइरहेको छl यो बढ्दै गएको फोहोरमैला अहिलेघरि ठूलो समस्या भइरहेको छl दिन प्रतिदिन बढ्दै गइरहेको फोहोरमैला व्यवस्थापन एउटा ठूलो चुनौतीपूर्ण समस्या भएको छl फोहोरमैलामुक्त समाज निर्माण गर्न भारत सरकारले स्वच्छ भारत मिशनद्वारा देशभर विशेष अभियान चलाइरहेको छl यसैअन्तर्गत सोमबार खरसाङदेखि करिब आठ किलोमिटर टाडो सन्त मेरिज-१ ग्राम पञ्चायतको सिपाहीधुरा बजारको पथसाथीमा ओडीएफ प्लस र स्वच्छ भारत मिशन दोस्रो अध्यायबारे सचेतना अनि प्रशिक्षण शिविर सम्पन्न भयो। वरिष्ठ नागरिक मंचका कमल छेत्रीको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा सो क्षेत्रका जीटीए सभासद नुरी शेर्पा मुख्य अतिथि थिए भने पूर्व पञ्चायत प्रधान श्रीमती अल्पना भोटिया विशिष्ट अतिथि थिइन्l  

मुख्य स्रोत व्यक्ति रहेका सन्त मेरिज ग्राम पञ्चायत-१ का सचिव सन्तोषराज छेत्रीले सबैको सजकताले फोहोरलाई मोहर बनाउने प्रकृयाको हिस्सा हुनुमा सबैको सहयोग र सहभागिता सुनिश्चित गराउनुमा विभाग तत्पर रहेको अनि सबैको सहयोगले यस उदेश्यको प्राप्ति हुने विश्वास विश्वास व्यक्त गरेl खरसाङ खण्डका स्रोत व्यक्तिहरुमा प्रभात गजमेरले पानी र तरल पर्दाथको प्रबन्धनबारेमा जानकारी दिएl स्रोत व्यक्ति रहेका दार्जीलिङका गैर सरकारी संस्था डीएलआर प्रेरणाका प्रतिनिधि शैलेश शर्माले व्यवहारमा परिवर्तनले भोजनको स्वभाव अनि ताज्य पर्दाथको सम्बन्धबारे बोल्दै परम्परागत भोजन अनि पोशकतत्वको विषयलाई समेटेर प्रशिक्षण दिए। ठोष ताज्य पर्दाथको वर्गीकरण र यसको व्यवस्थापनबारे स्रोत व्यक्ति अनुप सुन्दासले कुहुने र  नकुहुने ताज्य पर्दाथको व्याख्यानसहित प्रबन्धनबारे विस्तृत रुपमा जानकारी दिए। स्रोत व्यक्ति सागरराज छेत्रीद्वारा संचालित कार्यक्रममा फोहोरमैला व्यवस्थापनबारे अभियान चलाउँदै आइरहेको गैर सरकारी संस्था लेट्स गो फाउण्डेसन र प्रगति फाउण्डेसनले सामुहिक रुपमा प्रशिक्षण दिए। स्वस्थ्य सुपरभाइजर श्रीमती निमा डोमाले महिला स्वास्थ्य र पोषणलाई स्वास्थ्य अनि स्वच्छताको समनव्य रहेको बारेमा सबैलाई अवगत गराइन्। कार्यक्रममा स्वनिर्भर समूह, समाजका प्रतिनिधिहरु, पञ्चायत विभाग, स्वास्थ्य विभाग, आँगनबाडी कर्मचारीलगायत चियाबगानका प्रबन्धक, वन विभाग र पुलिस प्रशासनका कर्मचारीले भाग लिएका थिए।

स्रोत सागरराज छेत्रीले संचालन गरेको कार्यक्रममा लेट्स गो फाउण्डेसन र प्रगति फाउण्डेसन गैर सरकारी संस्थाहरुले सामुहिक प्रशिक्षण दिए। स्वस्थ्य सुपरभाइजर श्रीमती निमा डोमाले महिला स्वास्थ्य र पोषणलाई कसरी स्वास्थ्य अनि स्वच्छताको समनव्य रहेको बारेमा अवगत गराए। मुख्य स्रोत व्यक्ति सन्तोषराज छेत्रीले हाम्रो सजकताले फोहोरलाई मोहर बनाउने प्रकृयाको हिस्सा हुनुमा सबैको सहयोग र सहभागिता सुनिश्चित गराउनुमा विभाग तत्पर रहेको अनि सबैको सहयोगले यस उदेश्यको प्राप्ति हुने विश्वास विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement