२६ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टअन्तर्गत आज खेलिएको पहिलो म्याचमा लिजेण्ड एफसी, खरसाङले बिर्तामोड़ (नेपाल)-लाई टाईब्रेकरमा १-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा एमयूएफसी (खरसाङ)-ले अनुराग ७-लाई ५-१-ले पराजित गऱ्यो। यसअघि आइतवार खेलिएको दुईवटा म्याचमा चोकडाँड़ा एफसी र सेडी एफसी-ले जीत हासिल गऱ्यो। चोकडाँड़ा एफसी-ले गिद्धा पहाड़लाई ४-३-ले पराजित गऱ्यो। यसरी नै सेडी एफसी-ले जाबराहाट एफसी-लाई ३-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच ३० सेप्टेम्बरमा हुनेछ। फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।