रिनाकमा ग्राम उत्सव कार्यक्रम सम्पन्न

रिनाक: राज्यका ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामाको मुख्य आतिथ्यमा आज रिनाकमा ग्राम उत्सव कार्यक्रम सम्पन्न भयो। यस अवधि क्षेत्र विधायक विष्णुकुमार खतिवड़ा, पञ्चायतगण, स्थानीय अधिकारीहरू लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा छुजाचेन समष्टिका मोठ ३०५ लाभार्थीलाई च्यादरको आवण्टन आदेश, हाउस अपग्रेडेशन, डेयरी इन्सेण्टिप्स आदि वितरण गरियो। यसैगरी, रुङदुङ, रेशी आदि प्राथमिक पाठशालाहरूलाई सिलिङ फ्यान, रिनाक सीनियर सेकेण्डेरी स्कूललाई जेनेरेटर, विभिन्न संस्थानहरूलाई सर्च लाइट, रिनाक बागवाणी फार्मलाई घाँस काट्ने मशीन आदि वितरण गरियो।

पाकिम जिल्ला अन्तर्गत रिनाक ग्राम प्रशासन केन्द्रद्वारा पहिलोपटक स्थापित गरिएको ग्राम पुरस्कार पनि आज प्रतिष्ठित स्थानीयलाई प्रदान गरियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

About Author

Advertisement