गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसाद बिहार राज्यको वैशालीको कृष्णा सिंह क्याम्पसमा महाराणा प्रतापको प्रतिमा र दानवीर भामाशाहको मूर्ति अनवारण समारोह तथा महापुरूषहरूको व्याख्यान आयोजनमा मुख्य अतिथिका रूपमा सहभागी बने।कार्यक्रममा सम्बोधन गर्दै राज्यपालले महाराणा प्रताप र भामाशाहको चरित्र र कृतित्वमाथि प्रकाश पारे। छ। कार्यक्रममा जोजो सिंह र कोमल सिंहको टीमले देशभक्ति गीत प्रस्तुत गरेका थिए भने अतिथिहरूलाई स्मृति चिन्ह, साल र पगड़ीद्वारा सम्मानित गरियो। यसै अवसरमा अतिथिहरूले पौधारोपण पनि गरे। कार्यक्रममा सांसद चिराग पासवान, लोजपा राष्ट्रिय अध्यक्ष डा. एपी सिंह आदि पनि उपस्थित थिए।