सोरेङ: नव युवा जागरण संघद्वारा चुम्बुङद्वारा आयोजित १५३औं गान्धी जयन्ती एवं दोस्रो दशेरा फूटब प्रतियोगिताको आज चौथो दिन मानपुर फूटबल क्लब वनाम आयन फूटबल क्लबमाझ भीडन्त भयो। आज चौथो दिनको खेलमा सोरेङ च्याखुङ क्षेत्रका एसकेएम सीएलसी अध्यक्ष सुकराज सुब्बा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने मुख्यमन्त्रीका गोपनीय सहायक आशमान सुब्बा, सीएलसी समन्वयद्वय दिवस गोले, धिरेन खरेल, सीएलसी नारी संयोजिका पुष्पा लेप्चा, सीएलसी नारी शक्तिका सचिव अनिता गुरूङ, सीएलसी नारी शक्तिका समंवयक करुणा दर्नाल लगायत अन्यहरूको पनि विशेष उपस्थिति रहेको थियो। आजको खेल रोमाञ्तक बन्यो। खेलको अन्तसम्म दुवै टोलीको १-१ गोल हुँदा खेलको परिणाम नआएपछि खेल टाइ ब्रेकरमा परिणत भयो जसमा आयन एफसी विजयी बन्यो।