मंगन र गान्तोकबाट ड्रग्ससहित दुई जना पक्राउ

गान्तोक: राज्यमा दिन प्रतिदिन ड्रग्सको धन्दा गर्नेहरूको संख्यामा वद्धि भइरहेको घटना प्रकाशमा आएको छ। सिक्किम पुलिसले ड्रग्समुक्त सिक्किम बनाउनको निम्ति केही महिनादेखि एक अभियान नै शुरू गरेको छ। यस अभियान अन्तर्गत प्रायः जसो ड्रग्स बिक्रेताहरू पुलिसको पञ्जामा परिरहेको छ। यसै क्रममा मंगन पुलिसले भारी मात्रामा ड्रग्ससहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी बिहार निवासी एमडी नुर आलमकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी आलम सिहतामदेखि मंगन गइरहेका थिए। उनले ड्रग्सको धन्दा गर्दै आइरहेको पुलिसलाई विश्वासनीय सुत्रले अगावै सुचित गरिसकेको थियो। आरोपीले सिङतामबाट ड्रग्स लिएर आइरहेको थाह पाएपछि मंगन पुलिसले राङराङ आउट पोस्टमा बसेर जाँच गर्दा भारीमात्रमा ड्रग्स फेला पारेको हो। आरोपीबाट पुलिसले १८ फाइल स्पास प्लस क्याप्सुल, ६ फाइल स्पास्मो प्रोक्सिवन क्याप्सुल, सोही प्रकारले अर्को कालो पोलिथिनमा ५ फाइल स्पास्मो प्रोक्सिवन क्यापसुल,निलो सर्टमा १० फाइल स्पास्मो प्रोक्सिवन क्यापसुल, नगद ७४० रूपियाँ फेला पारेको छ। सोही प्रकारले सदर पुलिसले पनि एक युवकलाई ड्रग्स सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नेपाल निवासी नरेन्द्र इजामकोरूपमा पुलिसले चिन्हित गरेकोछ। हाल उनी बोजोघारीमा बस्दै आइरहेको पुलिसले बताएको छ। आरोपीबाट पुलिसले ९ फाइल एनटेन ट्याबलेट, १७५८ वटा निलो रङको क्याप्सुल र २ बोतल कफ सिरप फेला पारेपछि आरोपीविरूद्ध सदर थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

Advertisement