गुवाहाटी: दक्षिण अफ्रिकाले भारतविरुद्ध जारी दोस्रो तथा अन्तिम टेस्ट म्याचमा जीत हासिल गर्ने दिशामा कदम बढ़ाएको छ। यसरी भ्रमणकारी टीम २ वटा टेस्ट म्याचको सीरीज २-०-ले क्लीन स्वीप गर्ने तयारीमा जुटिसकेको छ। मंगलवार दक्षिण अफ्रिकाले ५ विकेटमा २६० रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गरेपछि भारतलाई म्याच जित्न ५४९ रन बनाउने लगभग असम्भव लक्ष्य हासिल भयो। टेस्ट क्रिकेटको इतिहासमा ५०० भन्दा अधिकको लक्ष्य अहिलेसम्म कुनै पनि टीमले हासिल गर्न सकेको छैन। भारतले आज चौथो दिनको खेल समाप्त हुँदासम्म विशाल लक्ष्यलाई पीछा गर्दै आफ्नो दोस्रो ईनिंग्समा २ विकेट गुमाएर २७ रन बनायो। साई सुदर्शन २ र नाइट वचम्यान कुलदीप यादव ४ रनमा अविजित रहे। यसरी भारतलाई बुधवार म्याचको पाँचौं तथा अन्तिम दिन अझ ५२२ रन बनाउनु पर्नेछ। यसको विपरीत दक्षिण अफ्रिकालाई जीत हासिल गर्न केवल ८ विकेटको आवश्यकता छ। भारतले आज आफ्नो दोस्रो ईनिंग्समा दुवै ओपनरलाई गुमायो। यशस्वी जयसवालले १३ रन बनाए जबकि केएल राहुल ६ रन बनाएर आउट भए। यी दुईलाई क्रमशः मार्को यानसन र साइमन हार्मरले आउट गरे। यसरी अहिले मुख्य प्रशिक्षक गौतम गम्भीरको मार्गदर्शनमा भारतले अझ एउटा घरेलु टेस्ट सीरीज गुमाउने लगभग तय लागिरहेको छ कारण आयोजक टोलीलाई अब कुनै चमत्कारले मात्र हारको सम्मुखीन हुनदेखि बचाउन सक्नेछ। यसअघि दक्षिण अफ्रिकाले तेस्रो दिनको स्कोर कुनै विकेट नगुमाइ २६ रनदेखि अघि खेल्दै आज भारतीय बलरहरूलाई सताउन जारी राख्यो। दक्षिण अफ्रिकाको दोस्रो ईनिंग्समा ट्रिस्टन स्टब्सले सर्वाधिक ९४ रन बनाए। उनले १८० बल खेलेर ९ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक टोनी डी जोर्जीले ४९ रन बनाए। ओपनरद्वय रेयान रिकेल्टनले ३५ र एडन मार्करमले २९ रन बनाए। वियान मुल्डर ३५ रनमा अविजित रहे। अन्तिम सेशनको खेलमा डी जोर्जी आउट हुनको साथै दक्षिण अफ्रिकाले आफ्नो दोस्रो ईनिंग्स घोषित गऱ्यो। भारतीय बलरहरूमा रविन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिए। म्याचमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो ईनिंग्समा ४८९ रन बनाएको थियो। जवाफमा भारतको पहिलो ईनिंग्स केवल २०१ रनमा समाप्त भएको थियो।










