सन्त मेरिज ग्राम पञ्चायत एकमा रहेको ढरेल गाउँमा गएको पैह्रोको मरमत्तिको कार्य शुरु

IMG-20251125-WA0083

खरसाङ: टुंग सन्त मेरिज समष्टिकाे सन्त मेरिज ग्राम पञ्चायत एकमा रहेको ढरेल गाउँमा गएको पैह्रोको मरमत्तिको कार्य शुरु गरिएको छ। विशेष गरेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले गत केही समय अघि यस क्षेत्रको भ्रमण गरेर उक्त पैह्रो बनाई दिन्छु भनेकोले अहिले उक्त पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ। गत ४ अक्टोबरको राती परेको पानीले सन्त मेरिज ग्राम पञ्चायत एक अन्तर्गत ढरेल गाउँमा पैह्रो गएपछि स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो। उक्त पैह्रोको जीटीए प्रमुख अनित थापाले भ्रमण गरेपछि पैह्रो बनाई दिने वचन दिएपछि अब अहिले उक्त पैह्रो मरमत्तिको लागि कार्य शुरु गरिएको छ।‌ उक्त पैह्रो मरमत्तिको कार्य शुरु गर्नलाई क्षेत्रीय सभासद नुरी शेर्पा, सन्त मेरिज ग्राम पञ्चायत एकको उप प्रधान प्रशंसा लेप्चा लगायत टुंग सन्त मेरिज समष्टिकाे प्रतिनिधिहरु, स्थानीय प्रतिनिधिहरु र सम्बन्धित विभागका अधिकारीहरु उपस्थित रहेका थिए। उक्त पैह्रो मरमत्तिको कार्य फादरको उपस्थितिमा प्रार्थना गरेर शुरु गरिएको छ। उक्त पैह्रोको मरमत्ति कार्य शुरु गरिएकोमा स्थानीय गाउँवासीहरुले खुशी व्यक्त गर्दै जीटीए प्रमुख अनित थापा र सभासद नुरी शेर्पालाई धन्यवाद दिएका छन्।

About Author

Advertisement