कालचिनी- आजदेखि नवरथा लागेकोले पुरानो हाँसीमारा पीएचई मैदानबाट आज कलशयात्रा निकालेर पूजाको शुभारम्भ गरिएको जानकारी उक्त पूजा कमिटीको कोषाध्याक्ष जगन्नाथ उपाध्यायले दिएका छन्।
आज बिहान पीएचई मैदानबाट निकालिएको सो कलशयात्रामा महिला र पुरुष श्रद्धालुहरूको बाक्लो सहभागिता रहेको थियो भने आगामी ९ दिनसम्म नै माता दुर्गा भवानीको भजन कीर्तन र भक्तिमय साँझ हुने आयोजक कमिटीको पक्षबाट जगन्नाथ उपाध्यायले जनाएका छन्। पूजाले यस बर्ष चार साल टेकेको र ९ दिनसम्म नै माता दुर्गा भवानीको आराधना र भजन कीर्तन सम्पन्न हुने र ९ जना कन्याको पूजा र हवन हुने कमिटीको सदस्यहरूले जनाएका छन्।