सलोनी राई स्मृति नक्आउट फूटबलः शारदा हाई स्कूल विजयी

२६ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार शारदा हाई स्कूल (मंगपू)-ले सजिलै जीत हासिल गऱ्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको म्याचमा शारदा हाई स्कूलले लिंगदिंग एफसी-लाई ४–ले पराजित गऱ्यो। विजेता टीमबाट विशाल छेत्रीले ह्याट्रिक गरे। यसबाहेक अदित्य गुरुङले १ गोल गरे। लिंगदिंग एफसी-बाट सुनिल खवासले १ गोल गरे। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

Advertisement