नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रिको शुभ अवसरमा देशका सर्वसाधारणलाई बधाई दिएका छन्। नवरात्रीको प्रारम्भमा प्रधानमन्त्री मोदीले देवी शैलपुत्रीको प्रार्थना गरे अनि देवीको कृपाले सुख, स्वास्थ्य र सौभाग्यको कामना गरे। ट्वीटको एक श्रृंखलामा प्रधानमन्त्रीले भने, ‘शक्तिको आराधनाको महान् पर्व नवरात्रिको सबैमा हार्दिक मंगलमय शुभकामना। आस्था र विश्वासको यो शुभ अवसरले सबैको जीवनमा नयाँ उर्जा र नयाँ जोश भरोस्। जय माता दी!’
‘वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्।।’
देवी शैलपुत्रीको पूजा–आराधना गरी आजदेखि नवरात्र शुरु भएको छl मेरो कामना छ, उनको कृपाले सबैको जीवन सुख, सौभाग्य र आरोग्यले भरिपूर्ण होस् भन्ने कामना गर्दछुl’ -पीआईबी