२६ सेप्टेम्बरः भारतीय कप्तान रोहित शर्माले आइतवार तेस्रो तथा अन्तिम टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरी सीरीज २-१-ले जितेपछि ब्याट र बलको साथ अलग अलग खेलाड़ीहरूका योगदान सकारात्मक पक्ष रहेको बताए। अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्यलाई खेदो गर्दै भारतले सूर्यकुमार यादव (३६ बलमा ६९ रन, पाँचवटा छक्का, पाँचवटा चौका) र विराट कोहली (४८ बलमा ६३ रन, चारवटा छक्का, तीनवटा चौका)-को अर्द्धशतक अनि यी दुईबीच तेस्रो विकेटको निम्ति १०४ रनको साझेदारीको सहायताले एक बल बाँकी रहँदै चार विकेटमा १८७ रन बनाएर जीत हासिल गऱ्यो। अष्ट्रेलियाले यसअघि टिम डेविड (२७ बलमा ५४ रन, चारवटा छक्का, दुईवटा चौका) र क्यामरन ग्रीन (२१ बलमा ५२ रन, ७ वटा चौका, ३ वटा छक्का)-को विध्वंशी अर्द्धशतकको सहायताले ७ विकेटमा १८६ रन बनाएको थियो। पहिलो म्याच हारेपछि लगातार दुईवटा जीतको साथ सीरीज झोलीमा हालेपछि कप्तान रोहितले भने, यो असाधारण क्षण थियो। हामी असल प्रदर्शन गर्न चाहन्थ्यौं अनि हामीले त्यही गऱ्यौं। पूरा सीरीजमा अलग अलग खेलाड़ीले ब्याट र बलको साथ योगदान दिए। यो सबैभन्दा ठूलो सकारात्मक पक्ष हो। एक स्थानमा बसेर यो सब भएको हेर्नु पाउँदा टीम म्यानेजमेण्टले पनि असल अनुभव गर्छ।

रोहितले भने, खेलमा धेरैपल्ट गल्ती हुन्छ। यो टी२० क्रिकेट हो अनि यसमा गल्ती गर्नु कोही समय घातक साबित हुन्छ। मेरो विचारमा हामीले मौकाको फाइदा उठायौं। धेरैपल्ट यस्तो हुँदैन तर खेलमा हरेक दिन केही न केही सिक्न पाइन्छ। यसको साथमा रोहितले टीमको धेरैवटा विभागमा सुधारको आवश्यकता रहेको बताए, जसमा डेथ ओभरमा बलिंग पनि सामेल छ। भारतीय कप्तानले भने, धेरै विभाग छ (जसमा सुधार आवश्यक छ)। विशेषगरी डेथ ओभरको बलिंग। यी दुईजना (जसप्रीत बुमराह र हर्षल पटेल) लामो समयपछि खेलिरहेका छन्। उनीहरूका (अष्ट्रेलिया) मध्य र तल्लो क्रममा बलिंग गर्नु सजिलो छैन। बुमराह र हर्षल स्तरीय बलर हुन्। उनीहरू ब्रेकबाट आएका हुनाले लयमा आउन केही समय त अवश्यै लाग्नेछ।

यसबीच अष्ट्रेलियाई कप्तान एरोन फिञ्चले टीमले असल स्कोर बनाए पनि विकेट हासिल गर्न नसक्दा पराजयको सामना गर्नु परेको बताए। फिञ्चले भने, यो असल सीरीज रह्यो। हाम्रो निम्ति यस सीरीजको खोज क्यामरन ग्रीन रह्यो। मेरो विचारमा आज हामीले असल स्कोर बनाएका थियौं। सामान्य शीत थियो अनि म्याच जित्न लगातार विकेट हासिल गर्नु पर्ने कुरा हामीलाई थाहा थियो। तपाईं भारतीय ब्याटरहरूलाई रन बनाउनदेखि रोकेर म्याच जित्न सक्नुहुन्न। केही मौकाहरूमा हामीले योजनालाई सटीक तरिकाले कार्यान्वित गर्न सकेनौं। फिञ्चले बताएअनुसार, भारतको विश्व स्तरीय टीम विरुद्ध तीनवटा म्याच उनीहरूका निम्ति तयारीको दृष्टिकोणले धेरै असल रहेको बताए। उनले भने, विश्व स्तरीय टीम विरुद्ध तीनवटा म्याच खेल्नु हाम्रो निम्ति असाधारण रह्यो। ग्रीन युवा खेलाड़ी हुन्। उनले आफ्नो स्तर देखाए। उनले धेर टी२० म्याच खेलेका छैनन्। समयको साथ उनको खेलमा अझ निखार आउनेछ।










