यूएफा नेशन्स लीगः नीदरल्याण्ड्स र क्रोएशियाले जिते पनि फ्रान्सको हार

२६ सेप्टेम्बरः यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा नीदरल्याण्ड्स, पोल्याण्ड, डेनमार्क र क्रोएशियाले जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको ग्रुप डी-को रोमाञ्चक म्याचमा नीदरल्याण्ड्सले शक्तिशाली बेल्जियमलाई १-०-ले पराजित गऱ्यो। म्याचमा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने नीदरल्याण्ड्सबाट एकमात्र गोल भर्जिल भेन डिकले ७३औं मिनटमा छिराए।

यसै ग्रुपको अन्य एउटा म्याचमा पोल्याण्डले पनि वेल्स विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचमा विजेता टीमबाट कारोल स्वीडर्स्कीले ५७औं मिनटमा गोल गरे। पूरा म्याचमा वेल्सले कड़ा चुनौती पेश गरे पनि गोल गर्न सकेन। यस ग्रुपमा नीदरल्याण्ड्स ६ वटा म्याचमा १६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने बेल्जियमसँग १० पोइण्ट रहेको छ। पोल्याण्ड ७ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ।

यसबीच ग्रुप ए-मा डेनमार्कले विश्व च्याम्पियन फ्रान्सलाई २-०-ले उलटफेरको शिकार बनायो। ग्रुपमा ६ वटा म्याच खेलेर फ्रान्सको यो तेस्रो हार हो। बल पोजेशनको मामिलामा अघि रहे पनि फ्रान्सले गोल गर्न सकेन। डेनमार्कबाट केस्पर डोलबर्गले ३३औं अनि एण्ड्रिएस स्कोव ओल्सेनले ३९औं मिनटमा गोल गरे। यसै ग्रुपको अन्य एुटा म्याचमा क्रोएशियाले अष्ट्रियालाई ३-१-ले पराजित गऱ्यो। म्याचमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने क्रोएशियाई टीमबाट लुका मोड्रिचले छैटौं, मार्को रिभाजाले ६९औं र डेजान लोवरेनले ७२औं मिनटमा गोल गरे।

यसरी नै अष्ट्रियाबाट एकमात्र गोल क्रिस्टोफर बाउमगार्टनरले नवौं मिनटमा छिराए। ग्रुप ए-मा अहिले क्रोएशिया ६ वटा म्याचा १३ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने डेनमार्कसँग १२ पोइण्ट रहेको छ। ट्रफी जित्ने होड़बाट बाहिर भइसकेको फ्रान्ससँग अहिले केवल ५ पोइण्ट रहेको छ। आइतवार राति खेलिएको अन्य म्याचहरूमा मोल्डोवाले लिचेटेन्स्टिनलाई २-०-ले, अजरबैजानले कजाखस्तानलाई ३-०-ले, फेरो आइल्याण्डले तुर्कीलाई २-१-ले अनि लक्जमबर्गले लिथुआनियालाई १-०-ले पराजित गऱ्यो। एण्डोरा र लाट्भियाबीचको म्याच अनि स्लोभाकिया र बेलारुसबीचको म्याच चाहिँ १-१-ले ड्र रह्यो।

About Author

Advertisement