२६ सेप्टेम्बरः बीरपाड़ा जुब्ली क्लबको तत्त्वावधानमा आयोजित स्वतन्त्रता सेनानी च्याम्पियन ट्रफी अनि बद्री प्रसाद मेमोरियल रनर अप् ट्रफी नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-को टीम च्याम्पियन भयो। आइतवार भएको फाइनलमा लायन्स क्लब बीरपाड़ाबाट खेल्दै यूकेएफसी-ले ठाकुर वरियर कुचबिहारको टीमलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आदर्श तामाङ र राज राउतले गोल गरे।

च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४०००० रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २०००० रुपियाँको नगद पुरस्कार प्रदान गरियो। टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको थियो।