कोविड़ बङ्गाल: कोरोनाको १४१ नयाँ मामिला, २१६ जना भए कोरोनामुक्त, ३ जनाकाे मृत्यु

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १४१ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले ३ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा २१६ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१३,३८७ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८८,८४३ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४९९ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ४,१०३ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,४८२,८७६ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८४℅ र सकारात्मक दर ३.४४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,८७८,३९९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement