देशको ७५ वटा जिल्लाहरू मध्ये पाकिम जिल्लाले आठौं स्थान ओगटन सफल

गान्तोक: आजादी से अन्तोदय ९० दिनको अभियानमामा पाकिम जिल्ला देशका ७५ वटा जिल्लाहरू मध्ये आठौं स्थानमा आएको छ। उक्त अभियान गत २८ अप्रेलदेखि शुरू भएर ३१ जुलाईको दिन समापन भएको थियो जसमा देशका २८ वटा राज्यका ७५ वटा जिल्लामा सम्पन्न भएको थियो। यस अभियान अन्तर्गत केन्द्र सरकारको १७ वटा योजना रहेको थियो,जुन योजना ग्रामीण क्षेत्रका जनतामा पुऱ्याएर उनीहरूलाई लाभ पुऱ्याउनु थियो। यस योजना अन्तर्गत केन्द्र सरकारको विभिन्न विभागको १७ वटा योजनालाई ग्रामीण क्षेत्रमा सही ढङ्गमा कार्यान्वयन गरेर जनतालाई फायदा पुऱ्याउनु नै यस योजनाको मुख्य लक्ष्य रहेको छ। दिल्लीको जकरनदा हलमा आयोजित एक अभिनन्दन कार्यक्रमबीच पाकिम जिल्लालाई आठौं स्थानमा रहेको घोषणा गरिएको हो। सो कार्यक्रममा पाकिम जिल्लाका जिल्लापा टाशी छोपेल अतिरिक्त जिल्लापाल अनुपा तामलिङले सहभागिता जनाएका थिए।

About Author

Advertisement