खरसाङ: तीनधारेदेखि सिविटारसम्म पुग्ने साढे पाँच किलोमिटरको रोडको अवस्था अत्यन्तै जीर्णावस्थामा पुगेको कारणले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको छ। तीनधारेको गोलाई पाखादेखि तीनधारे चियाबारी, जोगमाया चियाबारी र बाघमारा बस्ती हुँदै सिविटार चियाबारीको तितिरी गाउँसम्म रोडको अवस्था वर्तमानमा अत्यन्तै जीर्णावस्थामा पुगेको छ। रोडको जीर्णावस्थाले गर्दा स्थानीयहरु र चालकहरुलाई अत्यन्तै असुविधाको सामना गर्नु परिरहेको छ। यसको साथै रोडको अवस्थाले गर्दा स्थानीयहरु विद्यार्थीहरु, बिमारीहरु र यहाँ आउने पर्यटकहरुलाई पनि धेरै असुविधा भईरहेको छ। यस रोड अन्तर्गत तीनधारे चियाबारीको बन्दुके गाउँदेखि ओह्रालो, बाघमारा बस्ती पुग्ने बेलामा साथै बाघमारा बस्तीदेखि शिवखोला गाउँमाझको रोड अत्यन्तै जीर्णावस्थामा पुगेको छ। यसको साथै शिवखोला गाउँदेखि सिविटारको तितिरी गाउँसम्म पुग्ने रोडमा खाल्डै खाल्डा र ढुंगाहरू निस्केर दुई चक्के वाहनहरु र साना गाडीहरूलाई यो रोडमा कुदाउन धेरै असुविधा भईरहेको छ। यो रोडको जीर्णावस्थाले गर्दा दुई चक्के र चार चक्के वाहनहरु कुदाउन धेरै असुविधा हुनको साथै गाडीहरु छुट्टै भत्किने र मरमत्ति गर्नु पर्ने अवस्था रहेको छ। यस रोडको जीर्णावस्था विषयमा महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटारका पञ्चायत सदस्य राजीव तामाङले यो रोड अत्यन्तै जीर्णावस्थामा पुगेको र जनताको असुविधालाई ध्यानमा राखेर केही दिनमा मरमत्तिको कार्य शुरु गरिने जानकारी गराएका छन्। उनले केही दिन अघि यहाँ जीटीए प्रमुख अनित थापा आएको र यस रोडको मरमत्तिको लागि कार्य चाढै शुरु हुने भएको जानकारी गराएका छन्। पञ्चायत सदस्य राजीव तामाङले यो रोडको जीर्णावस्थाले गर्दा स्थानीयहरुलाई धेरै असुविधा भईरहेको र अब यो रोडको मरमत्ति कार्य लगभग साढे तीन करोडभन्दा बढी लागत खर्चमा मरमत्तिको कार्य गरिने बताएका छन्। उनले स्थानीय जनसाधारणलाई भएको असुविधालाई ध्यानमा राखेर चाढै रोडको मरमत्तिको कार्य शुरु गरिने जानकारी गराएका छन्।










