तीनधारेमा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा सम्पन्न

खरसाङ: तीनधारेको मिठाईडाँडास्थित पद्यमा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा सम्पन्न भएको छ। उक्त तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गुरु मैत्री संघ तीनधारेको आयोजनामा गत ९ देखि ११ नोभेम्बरसम्म आयोजना गरिएको थियो। उक्त तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजामा पद्मा छोईलिङ गुम्बाका प्रमुख लामा म्हेमे बुम्बा डुम्जन र खरसाङबाट लामा फुङचुङ पाख्रिनद्वारा पूजा गरिएको छ। त्यसरी नै ल्हा बब दुईञ्छेन पूजाको अन्तिम दिन ११ नोभेम्बरको दिन जयगाउँबाट टुल्कुला रिम्पोर्छे कुन्साङ राङडोल उपस्थित भएर वाङ वितरण गरिएको छ भनी गुरु मैत्री संघ तीनधारेको सचिव साङ्गे योञ्जनले बताएका छन्‌‌। उनले बताए अनुसार गुरु मैत्री संघ तीनधारेको स्थापना सन् २००३ मा भएको थियो भने आफ्नो स्थापनाकालदेखि नै तीनधारेमा लगातार रुपमा ल्हा बब दुईञ्छेन पूजाको आयोजना गर्दै आईरहेका छन्। उनले उक्त तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजामा उपस्थित बौध्द धर्म गुरु लामाहरु र भक्तजन सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement