खरसाङ: खरसाङको माँ दुर्गा चित्रकला केन्द्रद्वारा प्रत्येक वर्ष नै खरसाङमा चित्र कला वार्षिक परीक्षा आयोजना गरिन्छ। त्यही अनुसार यस वर्ष खरसाङ शहरको गोर्खा जनपुस्तकालय भवनमा परीक्षा राखिएको थियो। यस परीक्षामा यस केन्द्रका विद्यार्थीहरू परीक्षा दिएका छन्।
माँ दुर्गा कला केन्द्रका शिक्षक प्रणय प्रधानले परीक्षामा बसिएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिएका छन्। यस अवसरमा उनले हाम्रा नानीहरूलाई विशेष कला क्षेत्रले पनि भविष्यमा उचित मार्गदर्शन अनि प्रोत्साहित गर्ने छन् भनी बताएका छन्। यस परीक्षामा राकेश ढार, सिलगढीबाट विशेष मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए भने उनीसँगै कला शिक्षक सहायक मनिष सुनार (हिमाली बोर्डिङ स्कूलका शिक्षक) पनि उपस्थित रहेका थिए। यस कला केन्द्रका कला शिक्षक प्रणय प्रधानले सफलतापूर्वक परीक्षा आयोजना भएकोमा सबैप्रति आभार प्रकट गरेका छन्।









