बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा अग्नि पिढीत परिवारलाई सहयोग

खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले खरसाङको सिंगेल चियाबारीको सिमानाधुरामा अग्नि पिढीत सुदिप तामाङको परिवारलाई सहयोग गरेका छन्। खरसाङ महकुमा अन्तर्गत सिंगेल चियाबारीको सिमानाधुरामा सुदिप तामाङको घरमा आगो लागेर घर खरानी भएको थियो। उक्त अग्नि पिढीत परिवारलाई बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले लुगाफाटाहरु, ब्लाङ्केट, खानेकुराहरु प्रदान गरेका छन्। यस अवसरमा उनले अग्नि पिढीत परिवारसित भेटघाट गरेर सहानुभूति पनि दिएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै पहाडमा आगलागीको घटनामा घर जलेका अग्निपिढीत परिवारलाई पञ्चायतबाट घर बनाई दिनु पर्ने बताए। उनले पञ्चायतबाट घर बनाई दिने अनुरोध पनि गरेका छन्। सुदिप तामाङ सिंगेल चियाबारीका एकजना श्रमिक हुन्।‌ उनको घरमा जम्मा तीनजना सदस्यहरु रहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement