लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा असाधारण फर्ममा रहने आर्सनलले ड्र-मा चित्त बुझाउनु पऱ्यो जबकि चेल्सीले चाहिँ जीत हासिल गऱ्यो। यसरी म्यानचेष्टर युनाइटेड र टोटनह्यामले पनि १-१ पोइण्ट बाँड़नु पऱ्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनललाई सण्डरल्याण्डले २-२-को ड्र-मा रोक्यो। यस अवे म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनल जीतको नजिक पुगिसकेको थियो तर अन्तिम समयमा गोल खाएर टीमले ड्र-मा चित्त बुझाउनु पऱ्यो। डेनिएल बालार्डले ३६औं मिनटमै सण्डरल्याण्डलाई बढ़त दिलाए पनि बुकायो साकाले ५४औं र लिएण्ड्रो ट्रोसार्डले ७४औं मिनटमा लगातार २ गोल गरी आर्सनललाई जीतको नजिक पुऱ्याएका थिए। चरम दबाउबीच सब्स्टीट्यूड खेलाड़ी ब्रायन ब्रोबीले इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरी होम टीमलाई २-२-को बराबरीमा पुऱ्याए। यस ड्र पछि पनि आर्सनल ११ वटा म्याचमा २६ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी चौथो स्थानमा रहने सण्डरल्याण्डसँग १९ पोइण्ट्स रहेको छ। यसबीच चेल्सीले वूल्भ्सविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीको तर्फबाट मालो गुस्तोले ५१औं, जोआओ पेड्रोले ६५औं र पेड्रो नेटोले ७३औं मिनटमा गोल गरे। यस एकतर्फी जीतको साथ चेल्सी २० पोइण्ट्स लिएर दोस्रो स्थानमा पुग्यो।
म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्स्परबीच खेलिएको हाई प्रोफाईल म्याच २-२-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने शुरुमै गोल खाए पनि टोटनह्याम एक समय जीतको नजिक पुगिसकेको थियो तर म्यानचेष्टर युनाइटेडले पनि अन्तिम क्षणमा गोल गरी म्याच बचायो। म्याचमा टोटनह्यामको निम्ति माथिस टेलले ८४औं र रिचार्लिसनले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। यसरी म्यानचेष्टर युनाइटेडबाट ब्रायन एम्ब्यूमोले ३२औं र माथिस डे लिग्टले इञ्ज्युरी टाइमको छैटौं मिनटमा गोल गरे। टोटनह्याम र म्यानचेष्टर युनाइटेडसँग १८-१८ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा यी दुई टीम क्रमशः पाँचौं र आठौं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा एभर्टनले फूलह्यामलाई २-०-ले अनि वेष्ट ह्यामले बर्नलेलाई ३-२-ले पराजित गऱ्यो।









