दोस्रोपल्ट अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिए सुनिल छेत्रीले

नयाँ दिल्ली: दिग्गज भारतीय फूटबलर सुनिल छेत्रीले दोस्रोपल्ट अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका छन्। एएफसी एशियन कप २०२७-को फाइनल राउण्डबाट भारतीय टीमको बिदाईपछि चमत्कारी फरवर्डले अन्तर्राष्ट्रिय फूटबलबाट बिदा लिएका छन्। उनले यसअघि जुन २०२४-मा पनि कलकत्ताको सल्ट लेक स्टेडियममा बिदाई म्याच खेलेका थिए। राष्ट्रिय टीमको दुर्दशा देखेर तत्कालीन मुख्य प्रशिक्षक मानोलो मार्क्वेजको विशेष अनुरोधमा सुनिलले सन्न्यासको फसेला फिर्ता लिएर देशको निम्ति एशियन कप क्वालीफायर्समा हिस्सा लिने फसेला गरेका थिए। सन्न्यासको फसेला फिर्ता लिएर मैदानमा फर्किएपछि सुनिल छेत्रीले भारतको निम्ति ६ वटा म्याच खेलेर केवल एक गोल गरे। राष्ट्रिय टीमको निम्ति उनको अन्तिम म्याच सिंगापुरविरुद्ध रह्यो। गत १४ अक्टोबरमा खेलिएको त्यस म्याचमा भारतले १-२-ले हारको सामना गर्नु परेको थियो। यस ४१ वर्षीय दिग्गज फरवर्डले भारतको निम्ति १५७ वटा म्याच खेलेर ९५ गोल गरे। यो दुवै (सर्वाधिक म्याच र सर्वाधिक गोल) भारतीय फूटबलको इतिहासमा रेकर्ड हो। अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिए पनि सुनिल छेत्रीले बेंगलुरु एफसीको निम्ति क्लब स्तरमा खेल्न चाहिँ जारी राख्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement