अर्जेण्टिनाई दिग्गज मेस्सी २०२८-सम्म इण्टर मियामीमा बस्न तयार

IMG-20251024-WA0105

मियामी(अमेरिका): अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीले मेजर लीग सकर (एमएलएस) क्लब इण्टर मियामीसँग अनुबन्धलाई आफ्नो ४१औं जन्मदिनको पछिसम्म बढ़ाउनमा सहमति जनाएका छन्। इण्टर मियामीले यस्तो जानकारी दिएको छ। मेस्सी (३८ वर्षीय)-को क्लबसँग अनुबन्ध यस साल दिसम्बरसम्मको रहेको थियो तर उनले व्यक्तिगत शर्तहरूमा २०२८-को अन्तसम्म क्लबमा रहने सहमति जनाएका छन्। क्लबका सह-मालिक तथा पूर्व दिग्गज फूटबलर डेविड बेकहमले एउटा बयानमा भनेका छन्, हाम्रो लक्ष्य इण्टर मियामी र यस शहरमा सर्वश्रेष्ठ खेलाड़ीहरूलाई ल्याउने रहेको छ अनि हामीले त्यही गरेका छौं। उनी (मेस्सी) अहिले पनि पहिला झैं प्रतिबद्ध छन् अनि हरेक म्याच जित्न चाहन्छन्। उल्लेखनीय छ, साल २०२३-मा इण्टर मियामीमा सामेल भएपछि मेस्सीले यस अमेरिकी क्लबको निम्ति ८२ वटा म्याचमा ७१ गोल गर्नको साथै ३७ वटा एसिस्ट गरेका छन्। उनले इण्टर मियामीलाई २०२३ लीग कप र २०२४ स्पोर्ट्स शील्ड जित्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। अर्जेण्टिनाई दिग्गजले यस सीजनमा २९ गोलको साथ एमएलएस-मा गोल्डन बूट पुरस्कार जितेका छन्। यसको साथमा उनी लीगका एमभीपी पुरस्कारको निम्ति चयन गरिएका ५ जना खेलाड़ीहरूमा एक हुन्। बेकहमले अझ भनेका छन्, लियोले जसरी इण्टर मियामीको निम्ति आफ्नो भविष्य समर्पित गरेका छन्, त्यसले यहाँको फूटबलमा उनको विश्वासलाई दर्शाउँछ। उनले यस देशमा खेलको अनुहार नै बद्लिएका छन्। उनले भविष्यमा पनि हाम्रो क्लबलाई नेतृत्व गर्नु हाम्रो निम्ति गर्वको कुरा हो। इण्टर मियामी नियमित सीजनको अन्तमा एमएलएस ईष्टर्न कन्फ्रेन्समा तेस्रो स्थानमा रह्यो। फ्लोरिडाको यस टीमले प्लेअफ्-को पहिलो चरणमा नेशविलेको चुनौती स्वीकार्नेछ, जसको फसेला ३ वटा म्याचमा हुुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement