इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचार गर्ने मन्तव्यले खुशी छैनन् अजय एडवर्ड्स

IMG-20251024-WA0081

दार्जिलिङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यटनर्जीले बंगाल सरकारको सहमतिबिना कसरी इन्टरलोक्युटर नियुक्त गरे? प्रश्न गर्दै प्रधानमन्त्रीलाई एक पत्र लेखेकी थिइन् त्यसै अनुसार भाई टिकाको लगत्तै भोलिपल्ट केन्द्रमा‌ रहेको भाजपा सरकारले गोर्खा समस्याहरुलाई समाधान गर्न हेतु नियुक्त गरेको इन्टरलोक्युटरमाथि पुनर्विचार गर्ने भन्ने कुरा अघि आएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा गृहमन्त्रीलाई साझा गरिएको छ भन्ने कुरा आज अखबारमा छापिएको छ। यसै कुरामाथि इण्डियन गोर्खा जनशक्ति फ्रण्टका‌ प्रमुख अजय एडवर्ड्सले भने “यो केन्द्रमा रहेको भाजपा सरकार अनि पहाडमा रहेको उनको गठबन्धन दलहरुको कमजोरी हो।”
उनले थप भने, “म पश्चिम बंगालकी मुख्यमन्त्रीलाई पनि भन्न चाहान्छु कि यो जीटीए सठीक तरिकाले सञ्चालन भएको छैन। यहाँ धेरै भ्रष्टाचार अनि धाँधलीहरू भइरहेका छन्। जनसम्पत्तिहरू बेचिरहेका छन्। यसैकारण हामी जीटीएमा खुशी छैनौं अनि तपाईले पनि विगतको दिनहरूमा पीपीएस म दिन्छु भन्नु भएको थियोे। त्यसर्थ यो इन्टरलोक्युटरको विषय चाढै समाधान होस् किनकि तिहार अघि एउटा कुरा अनि तिहारपछि अर्कै कुरा राम्रो होइन।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement