खरसाङ: मिरिकबाट दुधे हुँदै आपतकालीन रुपमा सिलगढी जाने यात्रीहरुलाई दुधेमा ट्रान्सिप गरेर लाने कार्य भईरहेको छ। गत ४ अक्टोबर राती आएको बाढीले खरसाङ खण्ड अन्तर्गत दुधेस्थित बालासनमा पुल भत्किएपछि मिरिकदेखि सिलगढीगामी गाडीहरु चलाचलमा बन्द भएको थियो। दुधेमा रहेको स्टिल ब्रिज बनिञ्जेल आपतकालीन अवस्थामा यातायातको लागि निर्माण गरिएको पुलबाट मानिसहरु मात्र यातायात गर्दैछन्। यस क्रममा मिरिकबाट दुधेसम्म गाडीहरुले यात्रीहरुलाई ल्याउने कार्य गरिरहेका छन् भने दुधेबाट यात्री वारीपट्टि यात्रा गरेर आएपछि दुधेबाट सिलगढीतर्फ गईरहेको बताइएको छ। यस कार्यमा दुधे ड्राईभर एसोसिएसनको चालकहरुले यात्रीहरुलाईबसिलगढीतर्फ लगिरहेको जानकारी प्राप्त भएको छ। अर्कोतिर सुरक्षा कारणले मिरिक र सिलगढी जोड्ने सडकमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

हाल आपतकालीन सवारी साधनहरू विशेष गरी एम्बुलेन्स तथा चिकित्सकीय सेवाका गाडीहरूलाई मात्र टिङलिङ, नोल र पोटों मार्ग हुँदै आवागमनको अनुमति दिइएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





